Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतमा उद्यमीहरुलाई तालिम सहीत  प्रविधि हस्तान्तरण

पर्वतमा उद्यमीहरुलाई तालिम सहीत  प्रविधि हस्तान्तरण

  • PNN Times
  • शुक्रवार, पौष १५ २०७९


  • पर्वतमा  उद्यमीहरुलाई तालिम सहीत  प्रविधि हस्तान्तरण
    महेन्द्र जिसी।
    उद्योग तथा पर्यटन कार्यालय पर्वत मार्फत  संचालित आधारभूत व्युटिसियन तालिम र उद्यमशीलता विकास तालिम एक कार्यक्रमका बिच समापन गरिएको छ ।  आर्थिक वर्ष  ०७८/०७९ को स्वीकृत कार्यक्रम अन्त्रगत  गएको  भाद्र ९ गतेदेखि सुरु भएको ७८ दिने व्युटिसियन तथा १० दिने उद्यमशिलता तालिम पाएका उद्योमीहरुलाई प्रविधि हस्तान्त्रण सहीत समापन गरीएको हो ।
    गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव  कृष्ण बहादुर बोहराले उद्योमीहरुलाई प्राविधि हस्तान्त्रण गरेका हुन ।  प्राविधि हस्तान्त्रण गर्दै बोहराले सिकेको सीप व्यबहारमा कार्यान्वयन गर्दै उद्यमशिलता र आयआर्जनमा जोड दिन तालिमका सहभागीहरुलाई आग्रह गरे ।  
     
    उद्यमीहरुको सहजताका लागि उद्योग तथा पर्यटन कार्यालय कार्यालयको ठाउँमा प्रदेशका ११ वटै जिल्लामा उद्योग तथा पर्यटन कार्यालय स्थापना भएको बताउदै उद्योग, व्यवसाय प्रवर्द्धनका लागि कार्यालयको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए ।
     
    आर्थिक बर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार दलित,विपन्न तथा परम्परागत सीप भएका १५ जना उद्यमीहरुलाई विभिन्न मेसिनहरु हस्तान्तरण गरिएको पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख मुना अधिकारीले जानकारी दिईन ।
     
    कार्यक्रममा ५  लाखको लागतमा १३ वटा सिलाइमेसिन,एउटा ढाकाको तान र आरन व्यवसायीलाई एउटा वल्डिङ डिलिङ मेसिन प्रदान गरिएको हो   । ९० प्रतिशत कार्यालयको सहयोग र १० प्रतिशत उद्यमीहरुको लगानीमा उक्त प्रविधि हस्तान्तरण गरिएको अधिकारीले बताईन ।
     
    कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापा, पर्वत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष केदारनाथ शर्मा,पर्वत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर बि पौडेल र तालिमका प्रशिक्षार्थी बिष्णु गिरी लगायतले धारणा राखेका थिए ।  
     
    पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख मुना अधिकारीले गरेकी हुन ।

    शुक्रवार, पौष १५ २०७९०७:४४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend