Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अहिलेको राष्ट्रिय समस्या हल गर्नुस भनेर सरकारलाई विश्वासको मत दिएको हो—सांसद गुरुङ

अहिलेको राष्ट्रिय समस्या हल गर्नुस भनेर सरकारलाई विश्वासको मत दिएको हो—सांसद गुरुङ

  • गोपाल जिटी
  • शुक्रवार, पौष २९ २०७९


  • अहिलेको राष्ट्रिय समस्या हल गर्नुस भनेर सरकारलाई विश्वासको मत दिएको हो—सांसद गुरुङ

    पौष २९,वालिङ । अहिलेको राष्ट्रिय समस्या हल गर्नुस भनेर नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएको संघीय सांसद धनराज गुरुङले बताउनुभएको छ ।
    शुक्रबार स्याङ्जाको वालिङस्थित आँधिखोला सञ्चार सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभामा सम्वोधन गर्दै संघीय सांसद गुरुङले अहिलेको राष्ट्रिय समस्या हल गर्न अगाडि बढुनुस भनेर प्रधानमन्त्रीलाई नेपाली कांग्रेसले विश्वासको मत दिएको बताउनुभएको हो । केही व्यक्तिले कांग्रेस प्रतिपक्षमा रहेन भन्ने गरेको उल्लेख गर्दै सांसद गुरुङले कांग्रेस प्रतिपक्षकै भूमिकामा रहेको बताउनुभयो ।
    सरकारलाई विश्वासको मत दिएसँगै आन्तरिक किचलोमा रुमलिएको छ भन्ने भ्रममा नपर्न आग्रह गर्दै उहाँले आँफूहरु प्रतिपक्षमै रहने र पार्टीमा कुनै मतभेद नभएको स्पष्ट पार्नुभयो । नेताहरुमा नैतिकता हराउँदै जाँदा काममा भन्दा पब्लिक स्टन्र्डमा लाग्दा नागरिकको समस्या समाधान नभएको उहाँको भनाई छ । जनताले निर्वाचित गरेर पठाएका मन्त्रिहरुको अर्जुनदृष्टि काममा हुनुपर्ने भन्दै सस्तो लोकप्रियतामा लाग्न नहुने उहाँको तर्क छ  । आर्थिक मन्दीको समाधान गर्दै देशको विकास र समृद्धिका लागि कुनै पार्टी नभनिकन एक हुनुपर्ने उहाँको भनाई छ । स्वदेशमै उत्पादिन वस्तुको उपयोग गरी बाहिर पैसा जाने अवस्थाको अन्त्य गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
    सिंगो मुलुक आर्थिक जर्जरमा पुगेको छ भनेर नेताले समस्या देखाउने होइन, समाधान खोज्नुपर्ने सांसद गुरुङको भनाई छ । उहाँले कोरोना कहरका बेला चीनले खोप तथा औषधी विक्रि गरेर कमाएको उल्लेख गर्दै उहाँले नेपालले पनि आँफूसँग के छ त्यो विक्रि गरेर पैसा कमाउनतर्पm लाग्नुपर्ने धारणा राख्नुभयो । अहिले तुरुन्तै जे छ, त्यो विक्रि गरेर कमाई गर्नुपर्छ । उहाँले भन्नुभयो—“सय वर्ष पूराना रुख कटान गरेर विक्रि गर्नसके देशमा २० खर्व कमाई गर्न सकिन्छ । आँफूसँग भएका रुख यसै राखेर विदेशी काठ प्रयोग गर्नु गलत हो । यसैगरी स्वदेशी उत्पादनलाई छाडेर विदेश सामान प्रयोगमा लागिरहेका छौं । त्यसैले आफ्नै श्रोत र साधनको प्रयोगमा ल्याउन सके देश आर्थिक समाधानतर्फ लम्कन्छ ।” नेपालकोे हिमाली क्षेत्रको गाँजा संसारको सबैभन्दा राम्रो भनेर विदेशले खोजी खोजी लैजान्छन् । गाँजा लागु औषधमा पर्दैन भनेर विदेशमा गएर हस्ताक्षर गर्ने अनि प्रतिवन्धित कानून पालना गरिरहने ?भनी  सांसद गुरुङले प्रश्न गर्नुभयो । विश्वका ५२ देशले गाँजालाई औषधीजन्यमा राख्नु र नेपालले पनि त्यसमा हस्ताक्षर गरेर पनि प्रतिवन्ध गर्नु गलत भएको उहाँको भनाई छ । 
    २०६३ सालमा स्थापना भएको सञ्चार सहकारीले सामुदायिक रेडियो आँधिखोला सञ्चालन गरेको छ । जिल्लाकै मध्यभाग वालिङमा सञ्चालित सञ्चार सहकारीमा ४ सय ६१ जना शेयर सदस्य रहेका छन् भने सहकारीले आफ्नै भवनबाट एफएम १०५ थोप्लो ४ मेगाहर्जमा रेडियो प्रसारण गर्दै आएको छ ।

    शुक्रवार, पौष २९ २०७९०८:२८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend