Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँ १ टकलाकमा अचार बनाउने तालिम सम्पन्न 

पैयूँ १ टकलाकमा अचार बनाउने तालिम सम्पन्न 

  • PNN Times
  • बुधवार, फाल्गुण १० २०७९


  • पैयूँ १ टकलाकमा अचार बनाउने तालिम सम्पन्न 

    पर्वतको पैयूँमा अचार बनाउने तालिम सम्पन्न भएको छ । पैयूँ गाउँपालिका वडा नम्बर १ टकलाकमा अचार बनाउने तालिम सम्पन्न भएको हो ।

    पैयूँ गाउँपालिका, लघु उद्यम विकास शाखाको आयोजनामा पैयूँ १ टकलाकमा अचार बनाउने तालिम दिईएको थियो ।  १८ जना सहभागीहरु रहेको तालिमबाट प्रशिक्षार्थीहरुले १७ प्रकारका अचार बनाउने सिप सिकेका छन ।  

    images

    आफुहरुले सिकेको सिपबाट अचार उत्पादन गरी आयआर्जन गरेर आयआर्जन बढाउने योजना रहेको प्रशिक्षार्थीहरुले बताएका छन । तालिमको समापन कार्यक्रममा पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले टकलाकको पहिचान स्वादिष्ट अचारलाई बनाएमा पालिकाले उद्यम सञ्चालनमा र बजारिकरणमा सहयोग गर्ने बताउनु भयो ।

    साथै महिलाहरुलाई उद्यमी बनाउन सहकार्य गर्ने र सिपको प्रयोग गरी आयआर्जन बढाउनु पर्नेमा उपाध्यक्ष याम कुमारी रानाले जोड दिनु भयो ।  कार्यक्रममा लघु उद्यमी समुह दर्ता गरी, अचार उद्योग स्थापना गर्ने, लेवलिङ र प्याकेजिङ गरी बजारीकरण गर्ने अभियानमा वडाले महत्वपूर्ण सहयोग गर्ने वडा अध्यक्ष वडा नम्बर १ का वडा अध्यक्ष मिन प्रसाद न्यौपानेले बताउनु भयो । 

    कार्यक्रममा पैयूँ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत वडा नम्बर १ का वडा अध्यक्ष लगायत प्रशिक्षक र प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । 

    बुधवार, फाल्गुण १० २०७९०१:३७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend