दक्षिण पर्वतमा दुई दिन देखी विद्युत अबरुद्ध भएको छ । आईतबार दिउसो चलेको हावाहुरीको कारण विद्युत अबरुद्ध भएको नेपाल विद्युत प्राधिकरण पर्वतले जनाएको छ ।
फागुन १४ गते आईतबार दिउसो आएको हावा हुरी र पानीले गर्दा ३३ के. भि. फलेबास फिडरको लाइनमा समस्या आएको र फल्ट खोज्ने कार्य भइरहेको तर विषम परिस्थिति र प्राविधिक कारण आज लाइन सुचारु गर्न नसकेका प्राधिकरणको भनाई छ ।
विद्युत अबरुद्ध हुदा लिमीठाना , भगरा, छिस्ती, जैदी, तथा महाशिला, बिहादी र पैंयू गाउँपालिकाका संपूर्ण क्षेत्रमा सबै सेवा ठप्प भएको छ ।