चैत्र ४, पर्वत । पर्वतमा पैयूँ गाउँपालिकाको आयोजनमा क्षमता विकास तथा अभिमुखीकरण तालिम गरिएको छ। । गाउँपालिकालेजनप्रतिनिधी र कर्मचारीहरुको लागि क्षमता विकास तालिम आयोजना गरेको हो । तालिम पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्लठकुरीको अध्यक्षता सुरु गरिएको छ ।
तालिमको उद्घाटन गर्दै पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जनप्रतिनिधी र कर्मचारीहरुको दक्षता क्षमता र सेवासहजतालाई दिगो बनाउन यस्ता तालिमले ठुलो योगदान दिने बताउनुभयो। उहाँले सिकेका कुरा व्यवहारमा लागु गर्न सके देश रजनताको लागि सहजता हुने समेत बताउनुभयो।
तालिममा उपाध्यक्ष याम कुमारी रानाले तालिमले जनपिरतिनिधि र कर्मचारीहरुमा उत्प्रेरणा तथा पुनर्ताजगी दिने बताउनुभयो।
तालिमको सहजीकरण गर्दै प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जनताको सहजताको लागि सुशासन पारदर्शिता रजवाफदेहिताले जनतामा सेवा सहज बनाउने उल्लेख गर्नुभयो। उहाँले कर्मचारी र जनप्रतिनिधि मिलि सेवाको भावले जनताको कामगर्नुपर्ने समेत बताउनुभयो।
तालिमको उद्घाटन सत्रमा संघीय प्रणालीमा स्थानीय सरकारको अवधारणा, कानूनी व्यवस्था र स्थानीय तह संस्थागत स्वमूल्याङ्कनप्रणाली (LISA) सम्बन्धी सन्तोष दनाईले र स्थानीय प्रशासन, अन्तरतह समन्वय तथा घटना दर्ता सम्बन्धी पर्वतका प्रमुख जिल्लाअधिकारी चित्राङ्गत बरालले सहजीकरण गर्नु भएको थियो । तालिम तिन दिन सम्म संचालन हुने छ ।
तालिमको दोस्रो दिन स्थानीय सरकार संचालन, नागरिकता, सिफारिस, संघ संस्था दर्ता लगाएतको बारेरमा अभिमुखी गरिने पालीकाले जनाएको छ ।