Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा भू-उपयोग तथा योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी

वालिङमा भू-उपयोग तथा योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी

  • गोपाल जिटी
  • मंगलवार, चैत्र ७ २०७९


  • वालिङ । स्याङ्जाको वालिङमा भू—उपयोग तथा योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सोमबारदेखि सुरु भएको छ । वालिङ नगरपालिकाको एकिकृत र समावेशी जोखिम संवेदनशील भू—उपयोग योजना नियमावली तथा भवन मापदण्ड कार्यान्वयन एवम् योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सञ्चालन गरिएको हो । वालिङ नगरपालिकाले युएनटिपी नेपालको प्राविधिक सहयोगमा गोष्ठीको आयोजना गरेको हो । 
    नगरपालिकाले यसअघि आवासीय, कृषि, जोखिम तथा संवेदनशील, सडक क्षेत्रलगायत जग्गाको वर्गीकरण गरेको थियो ।
    जग्गाको वर्गीकरणको काम सम्पन्न गरेपछि जानकारी गराउने र सोहि अनुसार उपयोग गर्ने सम्बन्धमा अन्तरक्रियासहितको गोष्ठी सञ्चालन गरिएको हो ।
    गोष्ठीमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा संघ संस्थाका प्रतिनिधि र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको छ । कृषि क्षेत्र र आवासीय जग्गाको मूल्याङ्नमा समानता हुन नसक्दा नागरिकहरु समस्यामा परेको धारणा सहभागीहरुले राखेका छन् । कृषि क्षेत्र र आवासीय जग्गाको समान मूल्याङ्न हुन आवस्यक छ, यसमा जग्गा वर्गीकरणमा राज्यको नीतिगत समस्या भएको उनिहरुको गुनासो छ ।
    कार्यक्रम वालिङ नगर प्रमुख कृष्ण खाँडको अध्यक्षतामा भएको हो ।

    मंगलवार, चैत्र ७ २०७९०८:३५:२२

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend