Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा महायज्ञको आय व्यय सार्वजनिक, ७० लाख बचत

वालिङमा महायज्ञको आय व्यय सार्वजनिक, ७० लाख बचत

  • गोपाल जिटी
  • मंगलवार, चैत्र ७ २०७९


  • वालिङ । गत फागुन १ देखि ७ गतेसम्म स्याङ्जाको वालिङमा सञ्चालित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको आय व्यय सार्वजनिक गरिएको छ । 
    श्री धुनी शिवालय फुलबारी गुठी गौशाला आश्रम, वालिङ ८ काफलडाँडाको आयोजनामा वालिङ स्थित खेलमैदानमा महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञबाट ६९ लाख ७० हजार ९ सय २९ बचत भएको मूल आयोजक समितिका कोषाध्यक्ष चेतनारायण श्रेष्ठले सोमबार सार्वजनिक गर्नुभयो । विभिन्न संघ संस्था, समाजसेवी तथा भक्तजनहरुबाट रकम सँकलन भएको उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार महायज्ञमा दान दाताहरुबाट कूल ८८ लाख ४४ हजार २ सय ८७ उठेको थियो । जम्मा १८ लाख ७३ हजार ३ सय ५८ खर्च भएको र ६९ लाख ७० हजार ९ सय २९ बचत गरिएको कोषाध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो । 
    वचत भएको रकमहरु ३९ लाख ४ हजार ८ सय ८० रुपैँया गरिमा विकास बैंकमा र बाँकि वालिङ प्रडक्ट होल्डिङ सहकारी संस्थामा रहेको उहाँले बताउनुभयो । 
    महायज्ञमा उठेकोमा थप सहयोग सँकलन गरी १ करोडको अक्षयकोष स्थापना गरिने महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीपप्रताप खाँडले बताउनुभयो । 
    अक्षयकोषबाट आएको व्याजबाट गौशाला सञ्चालन खर्चको व्यवस्था गरिने उहाँले उल्लेख गर्नुभयो । 
    बढ्दो बजारीकरण तथा शहरीकरणलेसँगै  गाईहरु बजारमा यसै छाडिएका थिए । तिनै गाईहरु गौशालामा पाल्न थालिएको हो । धार्मिक तथा वैज्ञानिक महत्व रहेको गाईको बारेमा जानकारीसहित संरक्षण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको थियो ।

    मंगलवार, चैत्र ७ २०७९०८:३९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend