Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मोरङबाट एसईई दिने नक्कली परीक्षार्थी पक्राउ

मोरङबाट एसईई दिने नक्कली परीक्षार्थी पक्राउ

  • सन्दिप लुइटेल
  • बुधवार, चैत्र २२ २०७९


  • मोरङबाट एसईई दिने नक्कली परीक्षार्थी पक्राउ

    २२ चैत, प्रहरीले मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

    बुधबार अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको हो ।

    images

    अर्कैको नामको परीक्षा दिइरहेको अवस्थामा सुनसरी धरान उप-महानगरपालिका वडा नं-५ की २८ वर्षीय सुस्मिता लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले बताए । उनले कल्पना लिम्बूको नामको परीक्षा दिइरहेकी थिइन् ।

    नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परिक्षार्थी सिम्बल नं.००९१२४९७ भएकी कल्पनाको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेकी सुस्मितामाथि अनुसन्धान भइरहेको उनले बताए ।

    बुधवार, चैत्र २२ २०७९१२:०२:३९

    सन्दिप लुइटेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend