पर्वतको पैयूँमा प्लम्बिङ तालिम सुरु भएको छ । पैयूँ गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा ४५ दिने प्लम्बिङ तालिम सुरु भएको हो ।
तालिमको पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले उद्घाटन गर्नु भएको हो । तालिमको उद्घाटन गर्दै लामिछानेले पालिका भित्रका युवायुवतीलाई व्यवसायिक सिप सिकाएर गाउँठाउँमै स्वरोजगारको अवसर सिर्जना गर्ने पालिकाको उद्देश्य रहेको बताउनु भयो ।
पैयूँका युवाहरुको आवश्यकता र माग बमोजिम तालिम दिन लागेको पैयूँ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टुकलाल न्यौपानेले बताउनु भयो ।
तालिममा पैयूँ गाउँपालिका अन्तर्गतका १५ जनाको सहभागिता रहेको उद्यम विकास शाखा प्रमुख सोनी श्रेष्ठले जानकारी दिनु भयो ।