वैशाख २७, पर्वत । पर्वतको पैयूँ गाउँपालिकाको सबै वडा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ ।
गाउँपालिकाले १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्णखोप पाएकोसुनिश्चित गरिएको हुँदा पूर्णखोपयुक्त वडा घोषणा गर्न गरिएको गाउँपालिकाका अध्यक्ष एंव पूर्णखोप समन्वय समिति संयोजक तोरणमल्ल ठकुरीले जानकारी दिनु भयो ।

अध्यक्ष मल्लले सबैको प्रयासबाट गाउँपालिकाका सातवटै वडा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएकोमाधन्यवाद प्रकट गर्नु भयो ।
जिल्लाका सबै स्थानीय तहमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान संचालन भइरहेको मध्ये सबै वडाहरु पूर्णखोपसुनिश्चितता तथा दिगोपना
घोषणा गर्ने पहिलो गाउँपालिका बनेको स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले बताउनु भयो ।

‘बाल मृत्युदर घटाउने उद्देश्यका साथ १५ महिना भित्रका बच्चाहरुलाई १४ वटा रोगविरुद्धमा ९ वटा खोपहरु लाउने गरिन्छ ।

बालबालिकाले पाउनुपर्ने खोपका सबै सूचकाङ्क पूरा भएपछि पैयूँका वडाहरुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणागरिएको हो ।


