Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रेशम चौधरीले नागरिक उन्मुक्तिका नेताहरुलाई डिल्ली बजार बोलाए

रेशम चौधरीले नागरिक उन्मुक्तिका नेताहरुलाई डिल्ली बजार बोलाए

  • PNN Times
  • बुधवार, जेठ ३ २०८०


  • जेठ ३ , धनगढी । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार बोलाएका छन् ।

    सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई कारागार बोलाएका हुन् । 

    images

    नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाले चौधरीले सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न बिहान १० बजे डिल्ली बजार कारागार बोलाएकको बताए ।

    ‘फैसला आएपछि उहाँले हामीलाई बोलाउनुभएको छ । १० बजे नेताहरु कारागार जाने कुरा छ,’ थापाले भने, ‘त्यो छलफलपछि सर्वोच्चको फैसला सम्बन्धमा धारणा आउँछ होला ।’ 

    बुधवार, जेठ ३ २०८००३:१२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend