Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राष्ट्रिय युवा संघद्वारा विरोध प्रदर्शन

राष्ट्रिय युवा संघद्वारा विरोध प्रदर्शन

  • गोपाल जिटी
  • सोमवार, जेठ १५ २०८०


  • राष्ट्रिय युवा संघद्वारा विरोध प्रदर्शन

    स्याङ्जाको वालिङमा नेकपा एमाले निकट राष्ट्रिय युवासँघ नेपालले विरोध प्रदर्शन गरेको छ । नेपालमा हाल भैरहेको भ्रष्टाचार, अराजकता र वेथितिको विरुद्धमा युवा संघ स्याङ्जाले आइतबार वालिङमा र्यालीसहित विरोध प्रदर्शन गरेको हो ।

    संघको नेतृत्वमा भ्रष्टाचार र वेथितिका विरुद्ध नारावाजीसहित भकुण्डेदेखि बजार परिक्रमा गरेर वालिङको मुख्य चोकमा आएर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा नक्कली शरणार्थी प्रकरणमा “दोषी कोही नउम्किउन, निर्दोश कोही नफसून्”, “ठूला माछालाई कार्यवाही गर”, “जलहरीको सुन पशुपतिमा छ, लुटेको सुन कहाँ छ ?” लगाएत लेखिएका प्लेकार्डसहित ¥याली गरिएको थियो ।
    कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य सगुन रानाले भ्रष्टाचारी र वेथितिका नाइकेहरुलाई कार्यवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । जुनसकै पार्टीका किन नहोउन गल्ती गर्नेलाई छोड्न नहुने केन्द्रीय सदस्य रानाले औंल्याउनुभयो । सत्तापक्षले आफ्नालाई जोगाउने र अरुलाई फसाउने खेलखेलेमा त्यसको परिणाम राम्रो नहुने केन्द्रीय सदस्य रानाको चेतावनी छ ।

    20230528_152501.jpg

    यस्तै राष्ट्रिय युवा सँघ नेपाल स्याङ्जाका अध्यक्ष पिताम्वर खनाल “शुशिल” ले गल्ती गर्ने आफ्नै पार्टी भित्रका भएपनि कार्यवाही हुनुपर्छ भन्ने मान्यता राख्ने नेकपा एमाले भएको बताउनुभयो । एमालेवृत्तकै व्यक्ति समातिएका बेला प्रदर्शनमा उत्रिएको देखेर अनौठो मान्न नपर्ने अध्यक्ष खनालको भनाई छ । भ्रष्टाचार र वेथितिका विरुद्ध कफन बाँधेर सडकमा उत्रने र सुशासनका पक्षमा डटेर लाग्ने नेकपा एमाले भएकोमा स्पष्ट हुन अध्यक्ष खनालको आग्रह छ ।

    संघको तर्फबाट हाल भैरहेको भ्रष्टाचार, अराजकता र वेथितिको विरुद्धमा जिल्ला प्रशासन कार्यालय स्याङ्जामा आजै ज्ञापनपत्र बुझाएकोसमेत अध्यक्ष खनालले जानकारी दिनुभयो ।

    कार्यक्रममा राष्ट्रिय युवासंघ नेपालका साथै नेकपा एमाले सम्वद्ध नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    images

    सोमवार, जेठ १५ २०८००८:२०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend