जेठ ३२, पर्वत । पर्वतको पैयूँमा आगामी बजेटमा टुक्रे योजना समावेश नगर्न सर्वपक्षिय भेलाले सुझाव दिएको छ । पैयूँ गाउँ पालिकाको आयोजनामागरिएको सर्वपक्षिय भेलाले गाउँ पालिकालाई यस्तो सुझाव दिएको हो ।
गाउँ पालिकाले आगामी आर्थीक वर्ष २०८०/०८१ को बजेट, निति तथा कार्यक्रम आम नागरिकको समेत सुझाव संकलन गर्ने उद्देश्यका साथ सर्वपक्षिय भेला राखेको थियो ।
उक्त भेलामा गाउँ पालिकाले सबै वडामा समान रुपमा विकास गर्नु पर्ने र टुक्रे योजना भन्दा देखिने गरि योजना ल्याएर पैयूँको विकास गर्नुपर्ने उपस्थित सबैको धाराणा रहेको थियो ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,समाजसेवी, बुद्धिजीवी शिक्षा प्रेमी लगाएतको उपस्थिति रहेको थियो ।