Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा एक वडा एक नमुना विद्यालय सञ्चालन गरिने

पैयूँमा एक वडा एक नमुना विद्यालय सञ्चालन गरिने

  • PNN Times
  • शुक्रवार, आषाढ ८ २०८०


  • पैयूँमा एक वडा एक नमुना विद्यालय सञ्चालन गरिने

    "आधुनिक कृषि,प्रविधि, पर्यटन र पूर्वाधार- पैयूँबासीको समृद्धिको आधार” भन्नेलक्ष्यका साथ सुरु भएको पैयूँ गाउँपालिकाको १२ औं गाउँसभाले एक वडा एकनमुना विद्यालय सञ्चालनमा ल्याउने  निति ल्याएको छ ।

    निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँ सभा अध्यक्ष एंव पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीलेआगामी आर्थीक वर्ष २०८०/०८१ बाट लागु हुने गरी एक वडा एक नमुना विद्यालयसंचालनमा  ल्याउने उद्घोष गर्नु भएको हो ।

    images

    गाउँपालिकाले वडा नम्बर ४ स्थित जनसेवा संस्कृत विद्यालयलाई नमुना विद्यालयको रुपमा संचलानमा ल्याई सकेको छ ।

    साथै गाउँपालिका भरिका विद्यालयमा कक्षा १ देखी ५ सम्म अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट पढाउनु पर्ने निति ल्याएर लागु गरिसकेको छ । बाल कक्षा माथी १ कक्षा मुनि एक कक्षा थप गरेर केजी कक्षा समेत संचालनमा ल्याएको छ  । 

    आर्थिक वर्ष २०८०/८१ को निति तथाकार्यक्रम र बजेट भाषण गर्ने  पैयूँ गाउँपालिका पर्वतका ७ स्थानिय तहहरु मध्ये  पहिलो गाउँपालिका हो ।

     

    शुक्रवार, आषाढ ८ २०८००४:५६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend