असार ८, पर्वत । पर्वतको पैयूँ गाउँपालिकाले बजेट, निति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । गाउँपालिकाको १२ औं गाउँ सभाले आगामी आर्थीक वर्ष २०८०/०८१ को लागि बजेट निति तथा कार्यक्रम पारित गरेको हो ।
पैयूँगाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले प्रस्तुत गरेको निति तथा कार्यक्रम र गाउँपालिकाको आर्थीक वर्ष २०८०/८१ को लागि विनियोजन गरेको ४१ करोड ७२ लाख ८२ हजार ७ सय रुपैया बजेट गाउँपालिकाउपाध्यक्ष याम कुमारी रानाले प्रस्तुत गर्नु भएको थियो ।
अध्यक्ष उपाध्यक्ष प्रस्तुत गरेको बजेट निति तथा कार्यक्रम सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । पालिकाको कुल बजेटको चालु तर्फ ३४.४५ प्रतिशत र विनियोजन योग्य पूजी तर्फ ६५.५५ रहेको छ । 
साथै गाउँपालिकाले १२ औं सभा २ चरणमा गरेर सम्पन गरेको हो । सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्यमित्रलाल बस्याल, गाउँ पालिकाका पूर्व अध्यक्ष, उपाध्यक्ष र राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गण्डकी प्रदेश सभा सदस्य मित्रलाल बस्यालले सभाको सफलताको कामना गर्दै सबैमिलेर पैयूँ विकासमा लाग्नु पर्ने बताउनु भयो ।
भिडियो ...