Logo

शनिवार, कार्तिक १ गते २०८३

images

ह्वात्तै बढ्यो सुनको मुल्य, राख्यो नयाँ रेकर्ड !! कति छ आजको मूल्य ?

ह्वात्तै बढ्यो सुनको मुल्य, राख्यो नयाँ रेकर्ड !! कति छ आजको मूल्य ?

  • PNN Times
  • बुधवार, श्रावण २१ २०७७


  • ह्वात्तै बढ्यो सुनको मुल्य, राख्यो नयाँ रेकर्ड !! कति छ आजको मूल्य ?

    सुनको भाउले फेरि रेकर्ड ब्रेक गरेको छ । बुधबार एकै दिन तोलामा१३ सय वृद्धि भइ अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको छ ।

    बुधबार एकैदिन सुनको भाउ प्रतितोला १३ सय बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ ।

    images

    यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ३५ रुपैयाँ पुगेको छ ।

    मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार २६० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य १ हजार ४० रुपैयाँ रहेको थियो ।

     

    बुधवार, श्रावण २१ २०७७०३:३०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend