पर्वतको पैयूँमा पहिरोले डोजर बगाएको छ । मंगलबार बिहान पैयूँ गाउँपालिका वडा नम्बर ४ सानोस्वमीमा पहिरो जादा सडक अबरुद्ध भएको थियो ।
पहिरो गएपछि हटाउने क्रममा माथिबाट पहिरो आएर डोजर बगाएको इलाका प्रहरी कार्यालय हुवासले जनाएको छ । पहिरोले डोजर बगाउदा १९ वर्षीय सुसान नेपाली घाईते भएका थिए ।
घाईते भएका नेपालीको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
पहिरोले डोजर नै बगाएपछि हुवास–लुङ्खु–कुश्मा सडक अहिले अबरुद्ध भएको छ । पहिरो झरिरहेकाले रोकीएपछि पहिरो हटाउने पैयूँ गाउँपालिकाले जनाएको छ ।