Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुरमा छात्रवृत्ती वितरण

रामपुरमा छात्रवृत्ती वितरण

  • PNN Times
  • शुक्रवार, आषाढ २२ २०८०


  • रामपुरमा छात्रवृत्ती वितरण


    पाल्पाको रामपुर नगरपालिकाले छात्रवृत्ति वितरण गरेको छ । नगर भित्रका क्याम्पस, सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको लागि नगरपालिकाले छात्रवृत्ति वितरण गरेको हो । मेयर छात्रवृत्ति कार्यक्रम मार्फत कक्षा १ देखि स्नातकोत्तर अध्ययरत ६७ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको हो ।

    छात्रवृति प्रदान गर्दै रामपुर प्रमुख रमणबहादुर थापाले विद्यार्थीहरुमा उत्प्रेरणा र उत्साह जगाउन छात्रवृति वितरण गरिएको बताउनुभयो । शिक्षा प्रदान गर्नका लागि नगरपालिका प्रतिवद्ध रहेको नगर प्रमुख थापाले उल्लेख गर्नुभयो । उहाँले यसै वर्षबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई चिकित्साशास्त्र तथा प्राविधिक शिक्षा ग्रहणका लागि सहयोग गर्न लागेको जनाउनुभयो । साना कक्षा देखि ठूला कक्षामा पढ्ने विद्यार्थीलाई छनौट गरेर छात्रवृत्ति वितरण गरिएको छ । विगतका वर्षमा विद्यालय तथा क्याम्पसको खातामा पठाएर छात्रवृत्ति वितरण गर्दै आएकोमा यस वर्ष नगरपालिकाबाटै प्रदान गरिएको जानकारी दिनुभयो ।

    कार्यक्रममा नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले कार्यविधि बनाएर छात्रवृत्ति वितरण गरिरहेको बताउनुभयो । विद्यार्थी छनौट गर्दा छात्रवृत्ति रकम उपयोग हुनेगरी विद्यार्थीलाई सिफारिस गर्न उप प्रमुख थापाले अनुरोध गर्नुभयो । कार्यक्रमले नगर भित्र दक्ष र स्वालम्बी नागरिक निर्माणमा टेवा मिल्ने उहाँको विश्वास छ । शहीद बहुमुखी क्याम्पस रामपुरका क्याम्पस प्रमुख मुरारी काफ्लेले छात्रवृति कार्यक्रमले विद्यार्थीहरुमा थप उत्साह जगाएको र सकारात्मक प्रभाव परेको बताउनुभयो ।

    नगरपालिकाले २०७६÷०७७ देखि नै कार्यविधि बनाएर मेयर छात्रवृति प्रदान गर्दै आईरहेको नगरपालिकाले जनाएको छ ।

    कार्यक्रममा ७ लाख ४८ हजार ६ सय ५० रुपैयाँ बराबरको छात्रवृति प्रदान गरिएको हो । 

    शुक्रवार, आषाढ २२ २०८००४:००:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend