Logo

शनिवार, कार्तिक १ गते २०८३

images

विद्यार्थीमा आँखा पाक्ने रोग फैलिएपछि वालिङका विद्यालय बन्द

विद्यार्थीमा आँखा पाक्ने रोग फैलिएपछि वालिङका विद्यालय बन्द

  • गोपाल जिटी
  • बिहिवार, श्रावण २५ २०८०


  • वालिङ । पछिल्लो समय स्याङ्जामा आँखा पाक्ने रोग फैलिएको छ । वालिङमा पनि आँखा पाक्ने रोग फैलिएकाले नगरपालिकाले विद्यालय बन्द गरेको छ ।
    वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले विद्यार्थीहरुमा आँखा पाक्ने रोग फैलिएपछि विद्यालय बन्द गरिएको जानकारी दिनुभएको छ । उहाँले वालिङमा रहेको जिल्ला आँखा उपचार केन्द्रमा उपचार गराउन आउने बिरामीमध्ये ७० प्रतिशतमा आँखा पाक्ने रोगको सङ्क्रमण भएको उल्लेख गर्नुभयो ।
    आगामी सोमबारसम्मका लागि पालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो ।
    जिल्ला आँखा उपचार केन्द्र वालिङका प्रमुख तेज गुरुङका अनुसार आँखा पाक्ने समस्या लिएर आउनेमध्ये धेरै बालबालिका रहेका छन् । पछिल्लो दुई तीन दिनमा मात्रै आँखाका बिरामीको संख्या एक सयको हाराहारीमा आउने गरेका र प्राय सवै विद्यार्थीहरु रहेकाछन् ।
    नगरपालिकाले एक सूचना जारी गर्दै विद्यालय वन्द हुने जानकारी गराएको हो ।
    नगरपालिकाले निकालेको सूचनामा भनिएको छ ः “हाल वालिङ नगरपालिकाका विभिन्न स्थानहरुमा आँखा पाक्ने रोगले आक्रान्त पारिरहेको छ । यसको प्रभाव बिभिन्न विद्यालयहरुमा समेत परेको पाइएको छ । आँखा पाक्ने रोग आफैमा संक्रामक सरुवा रोग भएकाले संकमणको चक्रलाई रोक्नका लागि यस पालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुको वर्षे-हिउदे - स्थानीय विदाबाट कट्टा हुनेगरी मिति २०८०-०४-२६ गते शुक्रबार देखि २०८०-०४-२९ गते सोमवार सम्म ४ दिन विद्यालय बन्द गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ । विद्यार्थीहरुलाई घरमा सुरक्षित बस्न लगाउने र अभिभावकलाई पनि संक्रमणबाट बँच्ने सूचनामूलक सन्देश प्रवाह गर्नुहुनसमेत नगरपालिका सबैमा अनुरोध गर्दछ ।”

    बिहिवार, श्रावण २५ २०८००८:५९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend