Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा शैक्षिक सुधारको लागि अन्तक्र्रिया

वालिङमा शैक्षिक सुधारको लागि अन्तक्र्रिया

  • सन्देश भण्डारी
  • आइतवार, भाद्र ३ २०८०


  • वालिङमा शैक्षिक सुधारको लागि अन्तक्र्रिया

    भाद्र ३,वालिङ ।
    विद्यालय स्तरमा शैक्षिक सुधारको लागि वालिङमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा खबर एजुकेशन डट कम को समन्वयमा वालिङ नगरपालिकाका कार्यपालिका सदस्यहरु र शिक्षा समितिका सदस्यहरुको बीचमा अन्तक्र्रिया गरिएको हो । 
    अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले शैक्षिक सुधारको लागि नगरपालिकाले हरकदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले शिक्षकहरुलाई राजनैतिक संलग्नताको आरोप लाग्ने गरेकोमा त्यसबाट बचेर शिक्षण सिकाई गनर्थ निर्देशन दिनुभयो ।

    IMG_3954.JPG
    अन्तक्र्रिया कार्यक्रममा वालिङमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था,समस्याहरु तथा सुधारको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा वालिङ नगरपालिकाका वडा अध्यक्षहरुले आ–आफ्ना वडामा रहेको सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए । सामुदायिक विद्यालयहरुमा एसईई परीक्षाको नतिजा खस्किँदै जानुमा शिक्षक,अभिभावक तथा विद्यार्थीहरुको त्रिपक्षीय सम्बन्ध स्थापित हुन नसकेको जनप्रतिनिधिहरुले बताएका छन् ।

    images

    IMG_3932.JPG
    यसैबीच वालिङका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुलाई प्रश्नपत्र निर्माण तथा  मूल्याङ्कनकोे विषयमा कार्यशाला सम्पन्न गरिएको छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर मापनको लागि प्रयोग गरिने प्रश्नपत्रमा समेटिनुपर्ने विषय वा पक्षहरुको बारेमा कार्यशाला गरिएको हो ।गुणस्तर मापनको लागि अपनाइने मूल्याँङ्कनको विधि परीक्षालाई लिइने भएकोले प्रश्नपत्र निर्माणको क्रममा गहन अध्ययन हुन आवश्यक रहेको सहभागथीहरुले बताएका छन् ।

    आइतवार, भाद्र ३ २०८०१०:११:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend