पर्वत । अबदेखी पर्वतको पैयूँमा नदिजन्य पदार्थको अनाधिकृत रुपमा उत्खनन गरेमा ५ देखी २० हजार सम्म जरिवाना तिर्नु पर्ने भएको छ ।
गाउँपालिकाको क्षेत्र भित्र नदी/खोलामा अनाधिकृत रुपमा ट्याक्टर, ब्याकहो लोडर प्रवेश गराए नदिजन्य पदार्थको उत्खनन् गरेमा ५ देखी २० हजार सम्म जरिवाना तिर्नु पर्ने गाउँपालिकाले जनाएको छ ।
ट्याक्टरले नदिजन्य पदार्थ संकलन गरेमा नियन्त्रणमा लिई पहिलो पटक ५ हजार, दोश्रो पटक १० हजार र तेश्रो पटक १५ हजार जरिवाना असुल गर्ने निर्णय गाउँपालिकाले गरेको छ ।
त्यसैगरि ब्याकहो लोडर प्रवेश गराएर उत्खनन् गरेमा पहिलो पटक १० हजार र दोश्रो पटक २० हजार जरिवाना असुल गर्ने निर्णय गाउँकार्यपालिकाले गरेको पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव प्रसाद लामिछानेले जानकारी दिनु भयो ।
साथै गाउँपालिकाले जरिवाना असुल गर्ने नेपाल प्रहरीलाई प्रोत्साहन स्वरुप २५ प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको निर्णय