भाद्र २९,वालिङ ।
बाल दिवसको अवसरमा स्याङ्जाको वालिङ नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीहरुको बीचमा प्रतियोगिता सम्पन्न गरिएको हो ।‘सुनिश्चित बाल अधिकारः शिक्षा विकासको आधार’ भन्ने शीर्षकमा प्रतियोगिता सम्पन्न गरिएको हो ।
कार्यक्रममा वालिङ नगरपालिका प्रमुख कृष्ण खाँणले बालबालिका देशका कर्णधार भएको बताउँदै बालविकासको लागि नगरले विशेष योजना तर्जुमा गरेको उल्लेख गर्नुभयो । बालबालिकामा गरिएको लगानी सफल सावित हुनेमा विश्वास व्यक्त गर्दै नगरप्रमुख खाँणले बालअधिकारको सुनिश्चित गर्दै बालमैत्री नगर निर्माणमा नगरपालिकाले आवश्यक सम्पूर्ण कदमहरु चालेको जानकारी दिनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह«ेले नगरको सुशासन विद्यालय तहबाट सुरु हुने बताउनुभयो ।

समाज र देश निर्माणको लागि सक्षम नागरिक निर्माणको लागि सुरुवातको चरण बालबालिका नै भएकोमा कुनै सन्देह नरहेको स्पष्ट पार्नुभयो ।नगरले विद्यार्थीको क्षमता अभिवृद्धिको लागि आयोजना गरेका हरेक कार्यक्रममा सहभागिता जनाउन सम्पूर्ण विद्यालयहरुलाई आग्रह गर्दै उपप्रमुख गैह«ेले घरमा आफ्ना बालबालिकाहरुको लागि बालमैत्री वातावरण तय गर्नुपर्ने उल्लेख गर्नुभयो ।
प्रतियोगितामा वालिङका १८ वटा विद्यालयहरुका विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा उपल्लो पेखुका छात्रा सुजना थापा प्रथम, जनहित मा.वि.का पुजा तिवारी द्वितिय,पसिजोन इन्टिग्रेटेड एकेडेमीका सचिना चापागाई तृतिय तथा वालिङ बहुमुखी क्याम्पसका सुस्मिता नेपाली सान्त्वना भएका छन् ।