Logo

आइतवार, कार्तिक २ गते २०८३

images

एमाले गण्डकीको अधिबेशन उद्घाटनमा पचास हजार कार्यकर्ता उतार्ने

एमाले गण्डकीको अधिबेशन उद्घाटनमा पचास हजार कार्यकर्ता उतार्ने

  • PNN Times
  • शनिवार, भाद्र ३० २०८०


  • एमाले गण्डकीको अधिबेशन उद्घाटनमा पचास  हजार कार्यकर्ता उतार्ने

    नेकपा एमाले गण्डकी प्रदेशले पहिलो अधिवेशनको उद्घाटन समारोहमा पचास हजार कार्यकर्ता पोखरा उतार्ने भएको छ ।
    आगामी असोज १५–१६ पोखरामा हुने नेकपा (एमाले) गण्डकीको प्रथम प्रदेश अधिवेशनको तयारीको सन्दर्भमा जन परिचालन  उपसमितिको बैठकद्वारा निर्णय गरिएको उप सचिब एबम प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिनुभयो ।
    अधिवेशनको  उद्घाटन पार्टी अध्यक्ष केपि ओलिले अमरसिंह चौरमा  गर्ने कार्यक्रम तय भएको आचार्यले उल्लेख गनुभयो ।
    पार्टी स्थायी कमिटी सदस्य खगराज अधिकारीले  अधिवेशन भब्य बनाउन सम्पूर्ण जन संगठन सहित पार्टी पंक्ति प्रभाबकारी ढंगले लागि पर्न आग्रह गर्नुभएको छ ।
    पार्टी स्थायी कमिटी सदस्य  थममाया थापाको अध्यक्षतामा सप्पन्न उप समितिको बैठकले असोज १५ गते हुने उद्घाटन समारोहमा ५० हजार कार्यकर्ता  उपस्थिति गराउने तयारीको लागि पालिका, वडा, टोल र जनसंगठनका बैठकको मिति तय गर्ने देखि घरदैलो सम्मको योजना बनाएको  पार्टी प्रदेश प्रचार तथा प्रकाशन विभाग सदस्य रामजी प्रसादले जानकारी दिनुभयो ।

    शनिवार, भाद्र ३० २०८००९:३७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend