Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता

पैयूँमा अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता

  • PNN Times
  • बुधवार, आश्विन २४ २०८०


  • पैयूँमा  अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता

    असोज २४, पर्वत । ईलाका प्रशासन कार्यालय हुवास पर्वतले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता दिएको छ । हिँडडुल गर्न नसक्ने व्यक्तिलाई ईलाका प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता दिएको हो । 

    नागरिकता लिन योग्य उमेर पुगेका तर, अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिलाई घरमै पुगेर नागरिकता दिएको ईलाका प्रशासन कार्यालय हुवासका प्रमुख लिला बल्लभ काफ्लेले जानकारी दिनु भयो ।  

    images

    370304744_2386744574841609_8639632444682343602_n.jpg

    ईलाका प्रशासनसम्म आउन नसक्ने पूर्ण अपाङ्गता भएका पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोकका नविन दर्जीलाई ईलाका प्रशासन कार्यालय हुवासका प्रमुख लिला बल्लभ काफ्ले, पैयूँ गाउँपालिकाका उपाध्यक्ष यामकुमारी राना, पैयूँ गाउँपालिका वडा नम्बर  ५ का वडा अध्यक्ष निर्भीक नारायण भुर्तेल र ना.सु नीर बहादुर राना घरमै पुगेर नागरिकता दिएका हुन् ।  

    घरघरमै पुगेर नागरिकता दिएपछि अपाङ्गता भएका व्यक्ति र उनिहरूका परिवार खुसी भएका छन्। प्रशासनसँगको सहकार्यपछि प्रशासनसम्म पुग्न नसकेकालाई घरमै गएर नागरिकता उपलब्ध गराइएको वडा अध्यक्ष भुर्तेलले जानकारी दिनुभयो ।    

    370221106_1007939036922737_8425173104060845627_n.jpg

    बुधवार, आश्विन २४ २०८००३:२८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend