Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँको प्रशासकीय बागडोरको जिम्मा युवा अधिकृत रिमाललाई

पैयूँको प्रशासकीय बागडोरको जिम्मा युवा अधिकृत रिमाललाई

  • PNN Times
  • बुधवार, आश्विन २४ २०८०


  • पैयूँको प्रशासकीय बागडोरको जिम्मा युवा अधिकृत रिमाललाई

    असोज २४, पर्वत । पर्वतको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेका छन् । गाउँपालिकामा बुधबार हाजिर भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत राजीव रिमाललाई औपचारिक रुपमा स्वागत गरिएको छ ।
    यस अघि कुश्मा नगरपालिकामा आईटी इन्जिनियरका रूपमा कार्यरत रिमालले अधिकृतमा नाम निकालेपछि पहिलोपटक पैयूँमा प्रमुखप्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका  हुन् ।

    अधिकृत रिमाललाई गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी, उपाध्यक्ष याम कुमारी राना लगायत वडा अध्यक्ष र कर्मचारीहरुले अविर र फूलसहित स्वागत गरे । 

    images

    अध्यक्ष मल्लले जनप्रतिनीधी र कर्मचारीबीच सहज बातावरणमा काम गर्दै आएको र   आगामी दिनमा पनि सबै मिलेर टिम वर्ककोरुपमा काम गर्दै जानु पर्नेमा जोड़ दिए।

    भर्खरै जिम्मेवारी सम्हाल्लेका प्रमुख प्रशासकीय अधिकृत रिमालले सरकारको म्याण्डेट अनुसार गाउँपालिकाको समग्र विकास, काम रसेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता व्यक्त गर्दै आफु पनि नयाँ भएको कारण  सबैसंग सिकेर अगाडी बढ्ने बताए ।

    बुधवार, आश्विन २४ २०८००६:५०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend