Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेपालको धार्मिक संस्कृतिमा विशिष्टता छ ः डा गुरुङ

नेपालको धार्मिक संस्कृतिमा विशिष्टता छ ः डा गुरुङ

  • गोपाल जिटी
  • शनिवार, कार्तिक १८ २०८०


  • नेपालको धार्मिक संस्कृतिमा विशिष्टता छ ः डा गुरुङ

    नेपाल ऋषि कल्प प्राज्ञ डा. जगमान गुरुङले नेपालको धार्मिक संस्कृतिमा विशिष्टता रहेको बताउनुभएको छ । मातापिता प्रतिष्ठान वालिङद्वारा आयोजित विशेष प्रवचन सहितको भेलालाई सम्बोधन गर्दै डा गुरुङले भारतको भन्दा नेपालको संस्कृति विशिष्ट रहेको बताउनुभएको हो । नेपाल धार्मिक तथा सांस्कृतिक हिसाबले उर्वर रहेको भन्दै पश्चिमा र भारतीयहरुका कुरालाई विश्वास गर्दा नेपालको परम्परा लोप हुने अवस्थामा रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “पश्चिमाहरुले जे भन्यो त्यो पत्याउने, आफ्नो परम्परा र संस्कृतिको वास्ता नगर्ने भूल गर्नु हुँदैन । हाम्रो वेद, रामायाण, गीताको अध्ययन गर्नुपर्छ ।” डा. गुरुङले श्रवणकुमारले आप्mना मातापिता प्रति गरेको कर्तव्य र आँधिखोलाको सभ्यतासँग जोडिएको यस क्षेत्रमा मातापिता प्रतिष्ठान स्थापनाको परिकल्पना गरिनु सराहनीय रहेको बताउनुभयो ।
     “श्रवणकुमारको प्राचिन गाथाले मातापिताप्रतिको कर्तव्य र महत्वको बारेमा सचेत र स्पष्ट पार्दछ । यही क्षेत्रमा प्रतिष्ठानको स्थापनाले समाजमा ठूलो महत्व राख्दछ ।” उहाँले भन्नुभयो ।  प्रतिष्ठानले आफ्नो उद्देश्य अनुरुप युवापुस्तालाईसँगै डो¥याउनुपर्ने र डो¥याउनेछ भन्ने विश्वास प्राज्ञ डा. गुरुङको छ ।
    यसैगरी प्राध्यापक डा. जगनाथ रेग्मीले बच्चालाई बाल हेरचाह केन्द्रमा राख्न नहुने बताउनुभयो । वहाँले  बच्चालाई बाल हेरचाह केन्द्रमा होइन, आफ्नो साथैमा राखेर संस्कारी र सुसंस्कृत बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । यस्तै आफ्नो प्रवचन दिदै चैतन्य कृष्णजीले बालबालिकाहरुलाई नैतिक शिक्षा दिनुपर्ने व्यक्त गर्नुभयो । वहाँले विद्यालयमा पहिला जस्तो नैतिक शिक्षाको व्यवस्था नभएकाले अब रामायणलगायतका ग्रन्थहरु पढ्ने र पढाउनुपर्ने उल्लेख गर्नुभयो । बाल संस्कारका कुराहरु सिकाउने र पढाउने गर्नुपर्छ । बच्चालाई सानैदेखि संस्कार र आविस्कार सिकाउँदै सिर्जनशील र सुसंंस्कृत बनाउनुपर्छ । सयौं वर्ष मातापिताको सेवा गरेपनि हामीलाई हुर्काउँदा बढाउँदाको ऋण तीर्न सकिदैन चैतन्य कृष्णजीले भन्नुभयो, आफ्ना बाबा आमाको महत्व र संस्कारका बारेमा सानैदेखि बालबालिकाहरुलाई पढाउनुपर्छ ।
     आधुनिक शिक्षासँगै सन्ततिहरुमा आ—आफ्ना मातापिता र पूर्खाहरुप्रतिको दायित्व वोध गराउने, युवाहरुलाई प्राचीन सभ्यता, धर्म, संस्कृति, संस्कार, रितीरिवाज र चाडपर्व लगायतका विषयहरुको महत्व बुझाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । साथै प्रतिष्ठानले पूर्वीय दर्शन र नेपाली समाजले स्थापित गरेका मातापिता तथा ज्येष्ठ नागरिकप्रति गरिनुपर्ने व्यवहार, मूल्य मान्यताहरुको बारेमा अनुसन्धान र अभिलेख तयार पार्नेसमेत भेला आयोजक समिति संयोजक प्रदीप बगालेले जानकारी गराउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सांसदद्वय भोजराज अर्याल र कल्पना तिवारी, उपप्रमुख कविता तिवारीलगायतको विशिष्ट उपस्थिति रहेको थियो ।
    भेलामा वालिङ क्षेत्रका बौद्धिक तथा सामाजिक अभियन्ता, धार्मिक एवम् शैक्षिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । प्रतिष्ठानले बुढेसकालमा साथीसंगै नाती भन्ने अवधारणाका साथ वल्ड एज क्लब स्थापना गर्ने र जहाँ ज्येष्ठ नागरिकहरुसंगै नातीनतिना खेल्ने, उनीहरुले आफ्ना हजुरबुवाआमाहरुबाट संस्कार सिक्ने अवसर प्रदान गर्नेछन् । 

    शनिवार, कार्तिक १८ २०८००६:०४:५८

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend