Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा ४ वर्ष भित्रमा मिनि रङ्गाशाला बन्छ–अध्यक्ष मल्ल

पैयूँमा ४ वर्ष भित्रमा मिनि रङ्गाशाला बन्छ–अध्यक्ष मल्ल

  • PNN Times
  • शुक्रवार, कार्तिक २४ २०८०


  • पैयूँमा ४ वर्ष भित्रमा मिनि रङ्गाशाला बन्छ–अध्यक्ष मल्ल

    पर्वत ।  पैयूँमा गाउँपालिकाका अध्यक्ष तोरण मल्लले पैयूँमा मिनि रङ्गशाला बनाउने बताउनु भएको छ ।  अध्यक्ष मल्लले पैयूँ गाउँपालिकाले आगामी ४ वर्षमा पैयूँमा मिनिरङ्गशाला निर्माण गर्ने बताउनु भएको हो । 

    पैयूँ गाउँपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भईरहेको प्रथम पैयूँ गोल्डकप अन्डर सिस्टीन सेभेन ए प्रतियोगितालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले फुटबलबाट पैयूँलाई चिनाउने अवसर भएको दिलाएको तर खेल मैदान नहुदा खेलाडीलाई समस्या भएकाले पैयूँ गाउँपालिकाले ४ वर्ष भित्रमा मिनि रङ्गशाला बनाउने उद्घोष गर्नु भएको हो ।

    images

    कात्तिक १८ गते देखी २५ गते सम्म सञ्चालन हुने प्रथम पैयूँ गोल्डकपमा २१ समूह सहभागि रहेको  खेलमा  आदर्श बाग्लुङ एपीएफ बिच फाईनल हुदै छ ।

    कात्तिक १८ गते देखी २५ गते सम्म सञ्चालन हुने प्रथम पैयूँ गोल्डकपमा २१ समूह सहभागि रहेका छन । आज सम्म भएको खेलमा आदर्श बाग्लुङ र एपीएफ  फाईनलमा पुगेको आयोजक क्लबका अध्यक्ष अर्जुन बस्यालले जानकारी दिनु भयो । २५ गते हुने फाईनलमा आदर्श बाग्लुङ र एपीएफ  खेल्ने छन ।  

    शुक्रवार, कार्तिक २४ २०८०१२:१५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend