Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँको सरौखोलामा वक्तृत्वकला तथा उद्घोषण तालिम सम्पन्न

पैयूँको सरौखोलामा वक्तृत्वकला तथा उद्घोषण तालिम सम्पन्न

  • PNN Times
  • मंगलवार, पौष १० २०८०


  • पैयूँको सरौखोलामा वक्तृत्वकला तथा उद्घोषण तालिम सम्पन्न

    पुस १०, पर्वत । पैयूँ गाउँपालिका  वडा नम्बर ६ सरौंखोलामा विद्यार्थी लक्षित चार दिवसिय  वक्तृत्वकला तथा उद्घोषण तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना र साभ नेपालको सहजीकरणमा आयोजित तालिमको एक कार्यक्रमका बिच सोमबार समापन गरिएको हो । विद्यार्थीमा उच्च मनोवल र निडरताका साथ उद्घोषण गर्ने र भाषण गर्ने वा वक्तृत्व गर्ने क्षमता तालिमले प्रदान गरेको छ । तालिम समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले तालिममा सिकेका विषय वस्तुहरुलाई आफ्नो जिवनमा भरपुर मात्रामा उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले तालिमबाट प्राप्त प्रमाणपत्र अभिलेखीकरणको लागि मात्र नभएर जिवनमा व्यवहारमा उतार्नको लागि पनि भएको बताउनुभयो ।

    उहाँले विधार्थीहरुमा आत्मविश्वासका साथ बोल्ने बानीको कमी भईरहेको वर्तमान परिवेषमा यो तालिमले विधार्थीहरुलाई निडरताका साथ बोल्ने र कार्यक्रम सञ्चालन गर्ने कुरामा ठुलो टेवा पुगेको बताउनुभयो ।

    images

    वडाध्यक्ष गंगाधर अधिकारीले तालिममा सिकेका कुराहरुलाई विधार्थीले व्यवहारमा उतार्दै सफल उद्घोषक र असल नेतृत्वको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । तालिमको समापनमा आफुले सिकेको कुराहरु बोल्ने क्रममा विद्यार्थीले प्रकट गरेको त्यो खुसी र उनीहरुमा देखिएको त्यो दक्षताले आफुहरुलाई साच्चिकै तालिम उपलब्धिमुलक बनेको महसुस भएको उहाँको भनाइ थियो ।

    IMG_5167.jpegप्रशिक्षक माधव पराजुलीले  चार दिनमा विद्यार्थीहरुलाई वक्तृत्वकला र उद्घोषण गर्ने शैलि र तरिकाहरु सिकाए सँगै उनीहरु निडरताका साथ बोल्ने भएको बताउनुभयो । उहाँले सरौँखोला वडाले दक्ष वक्ता र उद्घोषक उत्पादन गरेको महसुस भएको बताउनुभयो ।

    प्रशिक्षार्थी सुदिस तिवारीले वडा कार्यालयले आफुहरुलाई तालिम प्रप्त गर्ने अवसर दिएकोमा खुसी प्रकट गर्दै आगामी दिनमा पनि वडाले यस्तै किसिमा विधार्थी लक्षित कार्यक्रम ल्याउन माग गरे ।

    मंगलवार, पौष १० २०८००७:५३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend