पुस १३, वालिङ
शिक्षाको विकास र रोजगारीका विषयलाई प्राथमिकता दिएर लाग्नुपर्ने आजको आवस्यकता रहेको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनु भएको छ । वालिङ नगरपालिका र ब्रिटिस काउन्सिलले संयुक्त आयोजना गरेको “शिक्षामा भाषाको माध्यम” विषयक एकदिने छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले शिक्षाको विकास र रोजगारीका विषयलाई प्राथमिकता दिएर लाग्नुपर्ने आजको आवस्यकता रहेको बताउनु भएको हो । बसाई सराईले गाउँ खाली हुने र युवा विदेशिने क्रमले भयावह स्थिति सिर्जना गराएको उल्लेख गर्दै नगर प्रमुख खाँणले शिक्षाको विकास र युवा रोजगारीका क्षेत्रमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो—“ बसाई सराईका कारण गाउँ खाली भैरहेका छन् । उनीहरुलाई आफ्नै ठाउँमा रहने वातावरण सिर्जना गर्नुपर्छ भने शिक्षा आर्जनका लागि होस वा रोजगारीका नाममा विदेशिने युवाहरुलाई रोक्नु आजको आवस्यकता हो । शिक्षालाई राम्रो गर्नसक्यौं भने यो सम्भव छ । यसका लागि नगरपालिकाले एक खालको मार्गचित्र तय गरेर लाग्ने छ ।”
रोजगारीका लागि होस या पढ्नका लागि युवाहरु विदेशिने क्रम बढिरहेको छ । यसलाई रोक्न शिक्षा नै पहिलो आधार हो । युरोपियन मुलुकमा जानेहरुले कहिले घर किन्न त कहिले गाडी किन्न भनी जग्गा बिक्रि गराएर लैजाने क्रमले भयावह स्थिति निम्त्याएको छ । त्यसैले वालिङ नगरपालिकाले शिक्षामा जोडबलका साथ लाग्ने नगर प्रमुख खाँणले उल्लेख गर्नुभयो ।
अङ्ग्रेजी कार्यक्रम प्रमुख भोगेन्द्र लामिछाने र कार्यक्रम प्रमुख सुदर्शन सुवेदीले कार्यक्रमको सहजिकरण गरेका थिए ।
जन प्रतिनिधी, वालिङ नगर क्षेत्रका विद्यालयका प्रधानाध्यापक, विद्यार्थी तथा सञ्चारकर्मीहरुको सहभागितामा एकदिने छलफल कार्यक्रम गरिएको हो ।
पहिला कक्षा ४ देखि अङ्ग्रेजी भाषा पढाई हुन्थ्यो । यसले आफ्नो भाषाको ज्ञानपछिको अन्य भाषाको पढाईले विद्यार्थीहरुको सिकाई र बुझाईमा राम्रो विकास हुने गथ्र्यो । त्यसैले पहिला आफ्नो भाषामा पढाउनु पर्ने र त्यसपछि मात्र अन्य भाषामा पढाइयो भने प्रभावकारी हुने सहभागीहरुले धारणा राखेका थिए ।