पुस १४, पर्वत । पर्वतको विहादी गाउँपालिकामा आँखा शिविर सम्पन्न भएको छ। विहादी गाउँपालिकाको आयोजना र हिमालय आँखाअस्पताल पोखराको प्राविधिक सहयोगमा १ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
शिविरमा ३ सय ७७ जनाले निःशुल्क प्राविधिक तथा उपचार सेवा प्राप्त गरेका छन भने दृष्टि कमजोर भएका २ सय २० जनालाई निःशुल्क चश्मा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
शिविरमा विहादी गाउँपालिका उपाध्यक्ष मिना शर्मा तिवारीले आँखाको सामान्य चेकजाचको लागि पनि पोखरा पाल्पा जानु पर्ने समस्याहटेको बताउनु भयो । नागरिकलाई आफ्नो आँखाको अवस्था कस्तो छ भनेर थाहा पाउने अवसर गाउँमै मिलेको छ उपाध्यक्ष तिवारीलेभन्नु भयो यस्ले गर्दा नागरिकलाई सहजता भएको छ ।
कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु सहित नागरिकको उपस्थिति रहेको थियो ।कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद भुसालले स्वागत मन्तब्य राख्नु भएको थियो ।
