Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा शल्यक्रिया सहितको निशुल्क आँखा शिविर हुने

पैयूँमा शल्यक्रिया सहितको निशुल्क आँखा शिविर हुने

  • चोकलाल भुर्तेल
  • बिहिवार, पौष १९ २०८०


  • पैयूँमा शल्यक्रिया सहितको निशुल्क आँखा शिविर हुने

    पुस १९, पर्वत । पर्वतको पैयूँमा निशुल्क आँखा शिविर संचालन हुने भएको छ । यहि पुस २३ गते देखी  २५ गते सम्म पैयूँ गाउँपालिकामा शल्यक्रिया सहितको निशुल्क आँखा शिविर संचालन हुने भएको हो ।

    पैयूँ गाउँपालिका र रोटरी कल्ब अफ पोखरा फिल्टेल, इन्नोभेटिव कम्युनिटि अर्गनाईजेसन क्यानडाको आयोजनामा र हिमालयन आँखाअस्पताल पोखराको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर ३ दिन सम्म संचालन हुने पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्लठकुरीले जानकारी दिनु भयो ।

    images

    शिविरमा मोती विन्दु भएका नागरिकको  निःशुल्क शल्यक्रिया समेत गरिने भएकाले पैयूँ बासी सबै नागरिकलाई यो अवसरको  लाभलिन अध्यक्ष मल्लले अनुरोध गर्नु भएको छ ।

    शिविर हुवास  बहुमुखी क्याम्पसमा पैयूँ ४ मा हुने गाउँपालिकाले जनाएको छ ।

    बिहिवार, पौष १९ २०८००८:५२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend