Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अहिलेको महोत्सवलाई आर्थिक उपार्जनका हिसावले लिएका छौं—निर्देशक पौडेल

अहिलेको महोत्सवलाई आर्थिक उपार्जनका हिसावले लिएका छौं—निर्देशक पौडेल

  • गोपाल जिटी
  • आइतवार, माघ ७ २०८०


  • अहिलेको महोत्सवलाई आर्थिक उपार्जनका हिसावले लिएका छौं—निर्देशक पौडेल

    गोपाल जिटी
    माघ ७, वालिङ
             २०६३ सालदेखि वालिङ महोत्सव सञ्चाललन गर्दै आएको वालिङ उद्योग वाणिज्य सँघले यही माघ १८ देखि २८ गतेसम्म आठौं संस्करणको महोत्सव गर्दै छ । सँघले आयोजना गरेका विगतका महोत्सवहरु गण्डकी प्रदेशकै राम्रो र सफल महोत्सवकारुपमा चर्चा कमाएका महोत्सव हुन् । चर्चा कमाए पनि सोंचेजस्तो आर्थिक बचत गर्न भने सकेको थिएन । यसैबीच पहिलाको साखलाई कायम राख्दै अहिलेको महोत्सवलाई आर्थिक उपार्जनका हिसावले लिएको आठौं वालिङ महोत्सव २०८० का निर्देशक शोभाकान्त पौडेलले जानकारी गराउनुभएको छ ।
             वालिङ उद्योग वाणिज्य संघ उद्योगी व्यावसायीहरुको छाता संगठन हो । सँघका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौंडेलले हामीसँग कुराकानी गर्दै उद्योग व्यावसायीको समस्या अनि समाधानका उपायहरु र सम्भावनाहरु भन्ने खोज्ने काम गर्दै आएको छ । यसकासाथै समग्र वालिङको उद्योेग व्यापार व्यावसायको प्रवद्र्धन गर्दै र स्थानीय अर्थतन्त्रलाई चलायमान गराउँदै मुलुककै अर्थतन्त्रलाईसमेत टेवा पु¥याउने उद्देश्यकासाथ यो संस्था स्थापना गरिएको बताउनुभयो । उहाँले उद्योगी व्यावसायीको पक्षमा मात्र नरहेर वालिङको आर्थिक र सामाजिक विकास कसरी गर्न सकिएला भनेर विभिन्न खालका गतिविधीहरु सञ्चालन गर्दै आएको औंल्याउनुभयो । यस अन्तर्गत वालिङको नाम र शानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने  थप उद्देश्यकासाथ २०६३ सालदेखि महोत्सव आयोजना गर्दै आएको निर्देशक पोडेलले उल्लेख गर्नुभयो । 
             आज आएर वालिङको विकाससँगै नाम र परीचय बनेको छ । त्यो बन्नुको पछाडि यहाँका स्थानीय सरकार, राजनीतिक दलहरु, अन्य सामाजिक संघ संस्थाहरुको आ—आफ्नो ठाउँमा भूमिका छदैछ, त्यसकासाथै  वालिङ उद्योग वाणिज्य संघ र वालिङ महोत्सवको पनि गहन भूमिका रहेको छ भन्ने हामीले ठानेका छौं उहाँले भन्नुभयो ।  यस अन्तर्गत यो भन्दा पहिला सातवटा महोत्सव सम्पन्न गरिसकेको र अहिले आठौं संस्करणको महोत्सव सञ्चालनको सङ्घारमा रहेको निर्देशक पोडेलले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो—“यसरी अगाडि बढ्दै गर्दा २०६३ देखि २०७५ सालसम्म सात वटा महोत्सव भव्यताकासाथ सम्पन्न गरिसकेका छौ । योबीचमा कोरोना महामारी, विश्व अर्थतन्त्रमा आएको चुनौतिहरु लगायतका कारण सञ्चालन गर्न सकेनौं । महोत्सवलाई निरन्तरता दिने क्रममा अहिले २०८० मा आएर आठौं संस्करणको महोत्सव सञ्चालनको सङ्घारमा आइपुगेका छौं ।” 
                 wc1.jpg        नेपाल उद्योग वाणिज्य महासँघका निवर्तमान केन्द्रीय सदस्यसमेत रहनुभएका निर्देशक पौडेलका अनुसार महोत्सव स्थल व्यवस्थापन, स्टल बुकिङ, प्रचार प्रसार, कार्यक्रमको खाकालगायत तयारीका धेरै कामहरु भैसकेका छन् । वालिङवासीको साझा पर्वकारुपमा लिइएको महोेत्सवलाई सम्वद्ध व्यक्तिहरु जुट्ने र जुटाउने कामहरु भैरहेका छन् । यस अन्तर्गत विभिन्न २८ वटा उपसमितिहरु गठन गरेर अगाडि अढाइएको छ । जसमा ती उपसमितिहरुले आ—आप्mना जिम्मेवारी अनुसार अगाडि बढिरहेको अवस्था छ । यहाँका स्थानीय क्लवहरु, धार्मिक तथा सामाजिक संघ संस्था, आमा समूह, सुरक्षा निकाय, राजनीतिक दलहरुसँगको छलफल एवम् नागरिक समाजसँगको परामर्शलाई तिव्रताकासाथ अगाडि बढाइएको छ । यसरी सबैक्षेत्रलाई समेटेर  अगाडि बढ्ने काम भएको छ । 
          आठौं महोत्सव सञ्चालन गर्ने भनेपछि सुरुका दिनमा महोत्सव स्थलका बारेमा केही अलमल भएको थियो ।
    राष्ट्रिय महिला फुटवल प्रतियोगिता सञ्चालनका लागि वालिङ नगरपालिकाले गतवर्ष खेलमैदानमा ठूलो खर्चमा दुवो लगायसँगै मिनी रङ्गशालाकारुपमा विकास गर्नै उद्देश्यले विभिन्न संरचना निर्माण गरेकाले अलमल हुन गएको थियो । स्थानीय क्लवहरु, राजनीतिक दल एवम् व्यापार व्यावसायीहरुको सल्लाह र सहमति अनुसार नगरपालिकाले अनुमति दिएपछि आठौं संस्करणको महोत्सव  वालिङ खेलमैदानमै हुने टुङ्गो लागेको हो ।
            विभिन्न संरचनाहरु निर्माण भैसकेको र दुवो सुरक्षित पनि गर्नुपर्ने भएकाले महोत्सव सञ्चालनका लािग ठाउँ अपुग हुन्छ कि भन्ने धेरैलाई लागेको थियो । यसमा यो खेलमैदान संरक्षणको दायित्व उद्योग वाणिज्य संघको पनि हो, त्यसैले खेलमैदानसँगै रहेको व्यक्तिहरुका खेतलाई समेटेर गर्ने टुङ्गोमा पुगेका हौं निर्देशक पौडेलले भन्नुभयो । यसरी गर्दा पहिलाको भन्दा पनि अझ फराकिलो गरी महोत्सव सञ्चालन गर्न सकिने भएको छ । निर्देशक पौडेलका अनुसार सुरुदेखि यही ठाउँमा गर्दै आएको, धेरैलाई पायक पर्ने, दुवोलगाएको भागलाई कुनै असर नगर्ने गरी र ३ सय ५० वटा स्टल राखेर पनि ठाउँ प्रसस्त पुग्ने छ भने महोत्सव सञ्चालनको काम तीव्रगतिमा अगाडि बढेको छ । 
            पाँचौं र छैटौं महोत्सवमा ३५÷३५ लाख बचत भएको उहाँले स्मरण गराउनुभयो । त्यसबाट संघको सचिवालय भवन निर्माण गर्न सफल भएको हो । तर पनि सोंचेजस्तो आर्थिक बचत गर्न नसकेको हामी सबैलाई महसुस भएको छ । पहिलाका महोत्सवमा खर्च बढि भएका शिर्षकलाई कटौति गरेर र विगतको अनुभवबाट पाठ सिकेर अहिलेको महोत्सवलाई आर्थिक उपार्जनका हिसावले लिने गरी कार्यक्रम अगाडि बढाइएको निर्देशक पौडेलले बताउनुभयो । आठौं संस्करणको महोत्सवबाट ६० लाख बचत गर्नै योजना र लक्ष्य लिएको निर्देशक पौडेलले उल्लेख गर्नुभयो । 

    आइतवार, माघ ७ २०८००४:५४:३१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend