Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अटोरिक्सा नविकरण गर्न वालिङ नगरपालिकाको अनुरोध

अटोरिक्सा नविकरण गर्न वालिङ नगरपालिकाको अनुरोध

  • गोपाल जिटी
  • बिहिवार, माघ ११ २०८०


  • अटोरिक्सा नविकरण गर्न वालिङ नगरपालिकाको अनुरोध

    माघ ११, वालिङ

          स्याङ्जाको वालिङ नगर कार्यपालिकाले वालिङ क्षेत्रमा सञ्चालनमा रहेका अटोरिक्साहरुलाई यही माघ मसान्तभित्र नविकरण गर्न सञ्चालकहरुलाई अनुरोध गरेको छ । बिहिबार एक सूचना जारी गर्दै नगर कार्यपालिकाले माघ मसान्तभित्र अटोरिक्सा नविकरण गर्न अनुरोध गरेको हो । 
          यस वालिङ क्षेत्रभित्र सञ्चालनमा रहेका केही अटोरिक्साहरुको दर्ता तथा नविकरण नभएको देखिएकाले नगरपालिका कार्यालयमा नियमानुसारको दर्ता एवम् नविकरण गर्नुहुन सूचित गरिन्छ, सूचना पत्रमा भनिएको छ । २०८० माघ मसान्तको समयसिमाभित्र दर्ता एवम् नविकरण गर्ने सञ्चालकहरुलाई नियमानुसार जरिवाना छुट गरिनेसमेत प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

    images

    P.jpg 

    बिहिवार, माघ ११ २०८००५:२४:२८

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend