Logo

शनिवार, कार्तिक १ गते २०८३

images

चापाकोटमा क्षमता अभिवृद्धिसम्बन्धी दुईदिने तालिम सम्पन्न

चापाकोटमा क्षमता अभिवृद्धिसम्बन्धी दुईदिने तालिम सम्पन्न

  • गोपाल जिटी
  • मंगलवार, जेठ ७ २०८२


  • चापाकोटमा क्षमता अभिवृद्धिसम्बन्धी दुईदिने तालिम सम्पन्न

    जेठ—६ वालिङ ।
    चापाकोटमा क्षमता अभिवृद्धिसम्बन्धी दुईदिने तालिम प्रदान गरिएको छ । चापाकोट नगरपालिकाको १ नम्बर वडाले क्षमता अभिवृद्धि तथा उद्घोषण सम्बन्धी आइतबार र सोमबार गरी दुईदिने तालिम प्रदान गरेको हो ।1000030587.jpg 
    तालिम समापनमा बोल्दै १ नम्बर वडा अध्यक्ष भूपराज वस्तीले पूर्वाधार विकाससँगै मानव संसाधनको विकास पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो । वडाबासीको चेतना अभिवृद्धिसहित मानव संसाधनको विकासमा टेवा पुगोस भनेर तालिमको आयोजना गरिएको वडा अध्यक्ष वस्तीले उल्लेख गर्नुभयो । आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई अझ व्यवस्थित गर्दैजानेसमेत उहाँले व्यक्त गर्नुभयो । उद्घोषण भनेको बोल्ने कला हो, यसका लागि यस्ता चेतनामूलक कार्यक्रमहरु हामी सबैलाई आवश्यक पर्ने कुरा हुन् । त्यसैले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर क्षमता एवम् व्यक्तित्व विकासमा लाग्न सहभागीहरुलाई अध्यक्ष वस्तीले आग्रह गर्नुभयो । योसँगै क्षमता विकासमा वृद्धि हुँदैजान्छ
    कार्यक्रममा भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारी, प्रशिक्षक कला राना, सहभागीको तर्फबाट प्रशिक्षार्थी पार्वता न्यौपाने लगायतले तालिमको औचित्य, महत्व र अनुभवसहितका भनाई राखेका थिए । वालिङ टेलिभिजनका समाचार प्रमुख गोपाल जिटी र रेडियो आँधीखोलाका समाचार प्रमुख कला रानाले तालिमको सहजिकरण गरेका थिए ।
    चापाकोट वडा नं १ चौघेरास्थित भानु माविको सभाहलमा सञ्चालन गरिएको तालिम कार्यक्रममा महिला पुरुष गरी ४५ जनाको सहभागिता रहेको थियो । 1000030583.jpg

    मंगलवार, जेठ ७ २०८२०७:३८:३३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend