Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एउटै बगानबाट झण्डै २६ लाखको आम्दानी, थोरै बोटबाट पनि धेरै कमाई....

एउटै बगानबाट झण्डै २६ लाखको आम्दानी, थोरै बोटबाट पनि धेरै कमाई....

  • गोपाल जिटी
  • बिहिवार, माघ ११ २०८०


  • एउटै बगानबाट झण्डै २६ लाखको आम्दानी, थोरै बोटबाट पनि धेरै कमाई....

    माघ ११, वालिङ
          स्याङ्जा जिल्ला सुन्तलाको राम्रो उत्पादन हुने जिल्लाकारुपमा परिचित छ । यहाँका किसानहरुले सुन्तला फलाएर वार्षिक लाखौंको आम्दानी गर्दै आएका छन् । समग्र जिल्लामा गतवर्षको तुलनामा यो वर्ष उत्पादनमा कमि आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन कार्यालय स्याङ्जाको अनुमान छ । तर वालिङ क्षेत्रका किसानहरुले भने गतवर्षको तुलनामा झण्डै दोव्वर आम्दानी गर्न सफल भएका छन् । 
          यसैबीच वालिङ नगरपालिका २ गाओ डाँडाको एउटै बगानबाट किसानहरुले झण्डै २६ लाख आम्दानी गरेका छन् । १२ रोपनी क्षेत्रफलमा रहेको सुन्तला बगानबाट यो वर्ष पोहोर साल भन्दा झण्डै दोव्वर आम्दानी भएको अर्जुन कृषि तथा पशुपालन फर्मका तुलसा पौडेलले बताउनुभयो । 
                 T.jpgमौसमले साथ दिएको खण्डमा र राम्रोसँग फल्यो भने थोरै बोटबाट पनि धेरै आम्दानी लिन सकिने उहाँको भनाई छ । तुलसाले जम्मा ३८ बोटमा फलेको सुन्तला बेचेर ६ लाख पार्नुभएको छ ।
    यहाँ भएको बगान पाँच जना पौडेल दाजुभाईहरुको हो । एउटै प्लटमा पाँच भाईले आ—आफ्नो नाममा फार्म दर्ता गरी व्यावसाय सञ्चालन गरिएको छ । यो बगानमा अर्जुन कृषि तथा पशुपालन फर्मसहित सन्तोष सुन्तला कृषि फर्म, दिपक सुन्तला कृषि फर्म, सागर सुन्तला तथा कृषि फर्म र रोचक सुन्तला तथा कृषि फर्मका नाममा सञ्चालित छ । यीमध्ये तुलसाको अर्जुन कृषि तथा पशुपालन फर्म र मनकुमारीको सन्तोष सुन्तला कृषि फर्मले ६÷६ लाख आम्दानी गरेका हुन् । यसरी एउटै प्लटमा रहेको बगानबाट अरु फार्महरुले सवा ५ लाख, साढे चार लाख, चार लाख गरी झण्डै २६ लाखको आम्दानी गरेका हुन् ।
                 G.jpgपहिला सबैले मिलेर लगाएको हो, पछि पाँच भागमा बाँडिएको तुलसाले बताउनुभयो । पहिला त कोदो मकै खेति गर्नुपर्छ भनेर बारीको छेउछाउमा लगाइएको सन्तोष सुन्तला कृषि फर्मकी मनकुमारी बताउनुहुन्छ । आम्दानी हुन थालेपछि विस्तार गर्दै गएको हो । आठ दश बोटबाट सुरु गरिएको सुन्तला खेति २०५६ सालदेखि व्यावसायिकरुपमा गरिएको हो । यहाँ सुन्तलाको व्यावसायिकरुपमा विकास गर्नुमा महिलाहरुको विशेष भूमिका रहेको छ । पौडेल दाजुभाई रोजगारीको शिलशिलामा            भारतलगायत खाडी मुलुक गएका थिए भने यता श्रीमतीहरुले सुन्तलाको बिरुवा लगाउन थालेको मनकुमारी बताउनुहुन्छ । अहिले सबै दाजुभाई फर्केर यही बगान हेरचाहमा छन् । उहाँहरु फर्केपछि यही सुन्तला बगानसँगै हाम्रो जीवन पनि हराभरा भएको मनकुमारी सुनाउनुहुन्छ । मनकुमारीका श्रीमान शोभाकान्त भन्नुहुन्छ—“ हामी दाजुभाई प्रदेश गए पनि यता महिलाहरुले सुन्तला लगाएर घर चलाउने काम गरेका थिए, जे गरे राम्रै भएको छ । अहिले हामी दाजुभाई फर्केपछि स्थायी रोजगारीको अनुभूति गराएको छ, बगानभरी सुन्तला फल्छन्, वार्षिक आम्दानी लिन पाइएको छ, खुसी छौं ।”
    थप जग्गा लिएर सबैको गरेर २ सय ८० नयाँ बिरुवा लगाइएको तुलसाका श्रीमान हुमकान्त बताउनुहुन्छ । अर्को वर्षदेखि ती नयाँ बिरुवाहरु पनि फल्न थाल्ने उहाँको भनाई छ । पौडेल दाजुभाई भन्छन्—“साथ सहयोग हाम्रो पनि रह्यो, तर महिलाहरुको जाँगर र लगनशीलताले  बनेको सुन्तला खेती स्थायी आधार बनेको अनुभूति भएको छ, ।”

    बिहिवार, माघ ११ २०८००५:४४:००

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend