Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पिडालाई अवसरमा बदलेकी प्रजोला

पिडालाई अवसरमा बदलेकी प्रजोला

  • गोपाल जिटी
  • आइतवार, माघ २८ २०८०


  • पिडालाई अवसरमा बदलेकी प्रजोला

    माघ २८, वालिङ
        स्याङ्जाको वालिङमा आयोजित आठौं संस्करणको महोत्सवमा नेपालका पूर्वदेखि पश्चिमसम्मका व्यापारीहरु स्टल राख्न आउने गर्दछन् । घरेलु उत्पादनदेखि अटोमोवाइलसम्मका सामग्री स्टलहरुमा देख्न पाइन्छ । यसमध्ये दाङको घोराहीदेखि आएकी प्रजोला वलीको युनिक दिदी बहिनी अल्लो उद्योगमा उत्पादित सामग्री रहेको स्टल पनि एक हो । 
    प्रजोलाको स्टलमा आफ्नै उद्योगमा अल्लो (सिस्नो) बाट बनेका सामग्री छन् । महोत्सव अवलोकनमा आउनेहरुको प्राय उनको स्टलमा नजर पर्ने गरेको देखिन्छ । वालिङ महोत्सव लाग्यो कि उनको स्टल रहेकै हुन्छ । यहाँ उनी स्टल राख्न आएको अहिले चौथो पटक हो ।
        द्वन्दकालमा घरबास छाडेर भाग्नुपर्नेसम्मको पिडालाई अवसरमा बदलेकी प्रजोला एक सबल उद्यमी हुन् । ससुरा बुवाको जम्मा ४० हजारको पूँजीबाट उनी सफल उद्यमी बनेकी हुन् ।F.jpgपिडालाई अवसरमा बदलेकी प्रजोलाको उद्यमीयात्रा यस्तो छ—
         २०५७ सालमा श्रीमान् विदेश लाग्नुभयो । गाउँमा बस्नसक्ने अवस्था थिएन । २०५९ सालमा उहाँ फर्केपछि रुकुमको चुङ्वाङबाट रातारात भागेर दाङको घोराही झ¥यौं । घरबाससहित जम्मा ६० हजारमा विक्रि गरियो, २० हजार यताउता खर्चभयो, बाँकी ४० हजार ससुरा बुवाको सम्पत्ति लिएर घोराही झरेका हौं ।
    आँफूसँगै रुकुम चुङ्वाङ तथा तपसेरा र रोल्पाका गरी १० जना द्वन्द पीडित दिदी बहिनी दाङको घोराही झरेका थियौं । त्यही ४० हजारको लगानीमा किराना पसल सुरु ग¥यौं, अरु दिदी बहिनी पनि बिभिन्न काम गर्न थाले । १०वर्ष किराना पसल गरेपछि गार्मेन्ट उद्योग थालेका हौं । आँफूसँग भएको त्यही किराना पसल स्थानीय राप्ती सहकारी संस्थामा धितो राखेर १ लाख कर्जा लिएर गार्मेन्ट उद्योग सञ्चालन गरियो । यसमा आँफूसँगै आएका तिनै दिदीबहिनीहरुको साझेदारीमा युनिक दिदी बहिनी अल्लो गार्मेन्ट उद्योग सुरु गरिएको हो । १ वर्षमा सहकारीको कर्जा चुक्ता गरियो । यसपछि आँफूहरुबाट नै गौरीसङ्कर सहकारी संस्था खोल्यौं, अहिले संस्था खोलेको १४ वर्ष भैसकेको छ । K.jpg    यसपालीसमेत गरी वालिङ महोत्सवमा ४ पटक स्टल राख्न आइसकेकि छु । घरेलु तथा साना किसान कार्यालय स्याङ्जासँगको सम्पर्कमा यहाँ आउने गरेको हो ।
        विशेषगरी सिस्नो ( अल्लो ) बाट बनाइएका हस्तकला सम्बन्धी सामग्री आफ्नै गार्मेन्ट उद्योगमा उत्पादन गरेको हो । धागो प्रशोधन गर्ने, बुन्ने, सिलाउने गर्दछु । अहिले १९ जना गार्मेन्ट उद्योगमा रोजगारीमा छन् । वालिङसँगै देशका बिभिन्न स्थानमा स्टल राख्न जाने गरेकी छु, धेरैले हाम्रो उत्पादन मन पराउनुहुन्छ, खुसी लाग्छ ।
    किराना पसल गर्दादेखि नै अल्लोको धागा खरिद गर्ने र नेपाली गलैंचा उद्योगका लागि काठमाडौ पठाउने काम गर्दै आएका थियौं । बाउबाजेले गर्दै आएको अल्लो हामीले पनि गर्नुपर्छ भनेर लागेका हौं । अहिले त्यही किराना पसल भएको ठाउँ घोराही उपमहानगरपालिका १४, लालीगुराँसटोलमा गार्मेन्ट उद्योग सञ्चालनमा छ । साझेदारीमा गरेको कामलाई २०७६ सालदेखि एकलरुपमा गर्दै आएका छौं । अहिले १९ जना गार्मेन्ट उद्योगको रोजगारीमा छन् । L.jpg     पारिवारिक कुरा गर्नुपर्दा छोरीले स्नातकोत्तर सकिन, छोरा स्नातक अध्ययन गरेर रोजगारीको शिलशीलामा पोर्चुगल छन् ।
    दुःख र परिश्रम निकै गरियो, दाङमा घरबास बनेको छ, द्वन्दकालको पिडालाई अवसरमा बदल्न सकेंकि भन्ने लाग्छ ।
    दशवर्ष किराना पसल गरेपछि गार्मेन्ट उद्योगमा लागेको हो । किराना पसल गर्दादेखि नै अल्लोको धागा खरिद गरेर काठमाडा्रै पठाइन्थ्यो । अहिले पनि मोटोखालको धागा काठमाडौं सप्लाई गर्दछौं । अल्लोको रेसा गाउँबाट ल्याउने, यसलाई पकाएर कुटेर धागो बनाउने र फाइवर बनाएर काठमाडौं पठाइन्छ । काठमाडौंमा विशेषगरी नेपाली गलैंचा उद्योगमा अल्लोको फाइवर जाने गर्दछ । 

    आइतवार, माघ २८ २०८०१२:३४:४३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend