चैत्र ५, पर्वत । पर्वतको पैयूँ गाउँपालिकाले बादर हेरालु कर्मचारी राख्ने भएको छ।
बादरले किसानको बाली खाईदिएर दुख दिएको कारण बालि संरक्षणको लागि बादर हेरालु कर्मचारी राख्ने गाउँपालिकाको निर्णय १३ औँ गाउँ सभाबाट पास भएको छ ।
गाउँपालिकाका ७ वटै वडामा बादर हेरालु कर्मचारी राख्ने निर्णय सर्वसहमतिमा पास भएको पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनु भयो ।