पर्वत,१५ चैत । आज देखी सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पैयूँका १० र विहादी गाउँपालिकाको १ गरी ११ विद्यालयका २ सय ३२ परीक्षार्थी सहभागी हुने भएका छन् ।
सामुदायिक विद्यालयका ९ र संस्थागत तर्फका २ वटा माध्यमिक विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका छन ।
नियमिततर्फ २ सय २६ र ग्रेड वृद्धिका ६ जना परीक्षार्थी रहेका छन् ।
त्यसैगरी पर्वत जिल्लाभरका ७ वटा स्थानीय तहमा १७ परीक्षा केन्द्र तोकिएका छन् । तीमध्ये पैयूँ गाउँपालिकामा निर्मल जनसेवा र जनसेवा संस्कृत मावी गरी २ वटा परीक्षा केन्द्र रहेका छन् ।
एसईइ परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सम्बन्धित विद्यालयमा र प्रश्नपत्र सम्बन्धित सुरक्षा निकायमा पुगिसकेको र परीक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरी परीक्षा सुरु भईसकेको पैयूँ गाउँपालिकाका शिक्षा अधिकृत गोविन्द राज सुवेदीले जानकारी दिनुभयो ।