चैत १५, वालिङ
बिहिबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईइ) मा स्याङ्जाका ३४ जना अनुपस्थित भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यका अनुसार पहिलो दिन बिहिबार भएको परीक्षामा १९ जना छात्रा र १६ जना छात्र गरी ३४ जना अनुपस्थित भएका हुन् । पहिलो दिन अनिवार्य अंगे्रजी विषयको परीक्षामा ३४ जना अनुपस्थित भएका शिक्षा विकास तथा समन्वय कार्यालयले जनाएको छ । पहिलो दिनको परीक्षामा ४ हजार ९९ जना परीक्षार्थीले परीक्षा दिएका छन् ।
एसईई परीक्षाका लागि जिल्लाका ४ हजार १ सय ३३ जना परिक्षार्थीले लागि फारम भरेका थिए । पहिलो दिनको परीक्षा शान्तिपूर्ण र सौहार्दपूर्ण रुपमा भएको आचार्यले बताउनुभयो । वालिङको पूर्णामृत भवानी माध्यमिक विद्यालयबाट खुल्ला तर्फ १० जनाले एसईई परीक्षा दिएका छन् । खुल्लातर्फका १० जना परिक्षार्थी विभिन्न उमेर समुहका रहेका छन् ।
यसैबीच किरियामा बसेका २ दाजुभाईलेसमेत एसईई दिएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट संगम क्षत्री र सौगात क्षत्रीले अंग्रेजी विषयको परीक्षा दिएका हुन् । आफ्ना बाबाको मृत्युको चौथो दिन अङ्ग्रेजी विषयको पहिलो परीक्षा दिएका हुन् । फेदिखोला गाउँपालिका ४ का बासिन्दा सिदार्थ मावि फेदिखोलाका विद्यार्थी हुनुहुन्छ ।
जिल्लाभरका ११ वटा स्थानीय पालिकाहरुमा यसवर्ष २६ परीक्षा केन्द्रहरुबाट परिक्षार्थीले एसईई दिएका हुन् । तीमध्ये वालिङ्मा ७ र पुतलीबजार नगरपालिकामा ५, फेदिखोला, आँधीखोला, बिरुवा र अर्जुनचौपारी गाउँपालिकामा एक–एक परीक्षा केन्द्र छन् । भीरकोट, गल्याङ्, चापाकोट नगरपालिका र कालीगण्डकी र हरिनास गाउँपालिकामा २–२ वटा परीक्षा केन्द्रहरु छन् ।