Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सडकमा राज्यको लगानी बालुवामा पानी

सडकमा राज्यको लगानी बालुवामा पानी

  • गोपाल जिटी
  • शुक्रवार, चैत्र १६ २०८०


  • सडकमा राज्यको लगानी बालुवामा पानी

    चैत १६, वालिङ
    सिद्धार्थ राजमार्ग विस्तार हुन नसक्दा यो क्षेत्र पछि पर्ने चिन्ता हुने गरेका भाष्य सुन्न थालेको केही वर्ष वितिसक्यो । दलका सांसदहरुले सडक विस्तार गर्ने विषय सदनमा चर्कैरुपमा उठान गरेका पनि पटक पटक सुन्दै आइएको हो, तर आँपूm बिकासप्रेमी देखिने बहाना र भोट सुरक्षित गर्ने खेतिमै सीमित रहेको भन्ने आभास गराएको छ । विस्तारको कुरा छोडौं, भएका सडक पनि मिचेर व्यापार व्यावसाय गर्ने र सडक कम्जोर हुनेगरी दुरुपयोग भएकोमा कसैको ध्यान पुगेको देखिदैन । यो अवस्थाले सम्बन्धित निकायको बेवास्तासँगै राज्यको लगानी बालुवामा पानी जस्तै भएको छ ।
    राजमार्ग क्षेत्रमा केही घुम्ती कटान गर्ने र नाली तथा वाल उठाउने कामको थालनीले काम नै नभएको भन्ने नदेखिन सक्ला । तर राजमार्ग विस्तारको विषय उठिरहेका बेला त्यही साँघुरो सडकमा पक्की नाली तथा वाल लगाइनुलाई काम भएको मान्ने कि लगानीको दुरुपयोग भन्ने दुविधा देखिन्छ ।E.jpgनागरिकहरुले आ—आफ्ना घर अगाडि सडकमा पानी हाल्ने गरेको सधैंजसो देख्ने गरिन्छ । धुलो मार्नका लागि पानी छम्कने गरेको उनीहरुबाट जवाफ आउँछ । धुलो भएपनि नभएपनि पानी छम्कनु उनीहरुको दैनिकी हो । बाटोघाटोमा सकेसम्म फोहर नगर्नु, यदि भैहालेमा फोहर टिप्नु र कुचोले बढार्नु सफा गर्ने उत्तम उपाय हो भन्नेतर्फ कसैको ध्यान पुगेको देखिदैन । भित्रि सडक होस या बाहिरी, सबैतिर यस्तै देखिन्छ । राजमार्ग क्षेत्र सम्बन्धित सडक डिभीजन कार्यालयको जिम्माभित्र पर्दछ । 
    केहीवर्ष पहिला राजमार्ग क्षेत्रमा गाडी धुने, सडकमा पानी लगाउने नगर्न अनुरोधसहित जानकारी गराएको पाइन्थ्यो । यदि अनुरोध र जानकारीको वेवास्ता गरेको खण्डमा कार्यवाही हुने चेतावनी दिने गरिन्थ्यो । सडक नियम विपरित गरे गराइएको पाइएमा पहिलो पटक सचेत गराउने, यदि अटेरी गरेर नियम विपरित काम भएमा कार्यवाही गर्ने चेतावनी गराइन्थ्यो । तर पछिल्लो समयमा सम्बन्धित सडक डिभीजन कार्यालयको निगरानी शुन्य अवस्थामा रहेको देखिन्छ भने नागरिकहरु पनि सडकमा मनपरी गरेका छरपस्टै देखिन्छन् । राजमार्ग क्षेत्रमा त पानी छम्कनेमात्र कहाँ हो र, पाइपबाटै पानी बगाउनेसम्म हुने गर्दछ । 
    सिद्धार्थ राजमार्ग अन्तर्गत पुतलीबजारको मायाँटारीदेखि गल्याङसम्म झण्डै ३० किलोमिटर क्षेत्रमा दर्जनौं स्थानमा पानी बगाइएका पाइन्छन् । कतिपयले सडकमै सवारी साधन धोइरहेका हुन्छन् भने मोटरसाइकल धुने र मर्मत गर्ने व्यापारीहरुबाट पनि सडकलाई पानीको सिकार बनाइएको छ । जसका कारण पीच सडक ६ महिनामै भत्कने र खाल्डा पर्ने गर्दछ । सडक डिभिजन कार्यालयका इन्जिनियरहरु ओहोरदोहोर गरेपनि सडकको अवस्थाबारे चासो राखेको पाईंदैन । जागिर र तलव अनि ठेकेदार कम्पनीसँगको सम्बन्धमै ध्यान केन्द्रत भएको हो कि भन्ने लाग्दछ । होइन भने किन यसरी सडक विगार्ने गरी नियम विपरित काम भैरहेका छन् त ? भन्ने प्रश्न उव्जाएको छ । व्यवस्था फेरियो तर भएका सडकको दुरावस्था छ ।M.jpgवालिङ नगरपालिकाका इन्जिनियर मणिप्रसाद तिवारी भन्छन—“सडकको सत्रु पानी हो । पानीसँगै फ्युल र गोबर पनि सडक बिगार्ने बस्तु हुन् । यी तीन कुराबाट सडक बचाउन आवश्यक हुन्छ । अन्यथा सडकको आयु छोंटिन जान्छ ।” राजमार्ग सडक यति धेरै अव्यवस्थित हुनुमा सडक डिभिजन कार्यालय पोखराको निगरानी हुन नसक्नु इन्जिनियर तिवारीको भनाई छ । योसँगै मनोमानी शाखा सडक खोलिनु पनि अर्को कारण बनेको छ । सम्बन्धित सडक कार्यालयसँग अनुमति लिएरमात्र शाखा सडक खोलिनुपर्ने हुन्छ । कहाँबाट उपयुक्त हुन्छ र मूल सडकलाई वाधा पुग्दैन भन्ने एकिन गरेरमात्र शाखा सडक खोलिनु पर्दछ । वालिङ नगरपालिका क्षेत्रमा पहिरो तथा भूक्षयमा वृद्धि हुनुमा ८६ प्रतिशत जथाभावी सडक खन्नु रहेको एक अध्ययनले देखाएको छ ।
    यस विषयमा सडक डिभिजन कार्यालय कडाईकासाथ लाग्न नसक्नु पनि सडक अस्तव्यस्त हुनुको कारक बनेको इन्जिनियर तिवारीको धारणा छ ।
    आवास सुविधासहितको सडक साइट क्याम्प वालिङमा छ । उपलव्ध आवासमा जिल्ला इन्जिनियर र सव इन्जिनियर नबस्नु र सरोकारवाला निकायले राख्ने पहल नगर्नुले पनि सडकको निगरानी हुन नसकेको इन्जिनियर तिवारीको तर्क छ ।20231109_171532.jpgजहाँसम्म भित्रि सडकको कुरा छ, यो स्थानीय तह र जनप्रतिनिधिहरुको वेवास्ताका कारण सडक छिट्टै विग्रने र भत्कने गर्दछन् । धुलो मार्ने बहानामा बेहिसाव पानी छम्कने तथा पाइपबाट लगाउने गरेको छरपस्टै देखिन्छन् । न त यसबारेमा कुनै नीति नियम लागु गरिएको छ न त कुनै सचेतनात्मक कार्यक्रम नै ल्याइएको छ । 
    बाटो खोल्नु मात्र नभएर त्यसको उचित व्यवस्थापनले महत्व राख्दछ । नागरिकको करबाट सङ्कलित लगानीको सदुपयोगतर्फ सम्बन्धित निकाय र जनप्रतिनिधिको सोंच कहिले आउला ?

    शुक्रवार, चैत्र १६ २०८००४:०५:२१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend