Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा कक्षा-८ मा १ सय ८४ मध्ये ४५ जना मात्र विद्यार्थी उत्तीर्ण

पैयूँमा कक्षा-८ मा १ सय ८४ मध्ये ४५ जना मात्र विद्यार्थी उत्तीर्ण

  • चोकलाल भुर्तेल
  • बुधवार, चैत्र २८ २०८०


  • पैयूँमा कक्षा-८ मा १ सय ८४ मध्ये  ४५ जना मात्र विद्यार्थी उत्तीर्ण

    चैत्र २८, पर्वत ।  पर्वतको पैयूँ गाउँपालिकाले सञ्चालन गरेको कक्षा-८ को पालिका स्तरिय परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    पालिका भरिका  एक सय ८४ जना  विद्यार्थीहरुले परीक्षा दिएका थिए । एक सय ८४ मध्ये ४५ जना मात्रै उर्तीर्ण भएका छन् ।

    images

    विद्यालय र विद्यार्थीको वास्तविक अवस्था जाँच गर्नका लागि यो पटक कक्षा ८ को परीक्षा प्रणालीलाई कडा गरेको पैयूँ गाउँपालिका अध्यक्ष तोरण मल्ल ठुकरीले बताउनु भयो ।

    पैयूँ गाउँपालिकाले शिक्षामा गरेको लगानी वास्तविक रुपमै मुल्यांकन गरि आगामि वर्षमा  शिक्षाको सुधारका लागि योजना निर्माण गर्न गाउँपालिकाले  शैक्षिक अबस्था बारे जानाकारि लिन यो कदम चालेको अध्यक्ष मल्लले जानकारी दिनु भयो ।

    एक सय ३९ विद्यार्थी हरु मध्ये नन ग्रेड ल्याउने विद्यार्थीलाई बैशाख ६ गतेदेखि १४ गते सम्म ग्रेड बृद्धिको परीक्षा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाले  गत चैत ४ गते देखि १३ गतेसम्म कक्षा-८ को परीक्षा केन्द्र नै तोकेर पालिका स्तरीय परीक्षा सञ्चालन गरेको र शैक्षिक अवस्था अवलोकन गर्ने उद्देश्यले गाउँपालिका स्तरिय परीक्षा समिति नै बनाएर प्रश्न पत्र बनाएको र  विषयगत शिक्षकबाट उत्तर पुस्तिका जाँच गरेको पैयूँ गाउँपालिकाका शिक्षा शाखा प्रमुख गोविन्दराज सुवेदीले  जानकारी दिनु भयो ।

    शैक्षिक सत्र २०८० को आधारभुत तह उत्तिर्ण परिक्षा  निश्चित मापदण्ड पुरा गरिएको र नतिजाले पैयूँको वास्तविक शैक्षिक अवस्था उजागर गरेको हुदाँ आगामी दिनमा शैक्षिक सुधारका लागि सबै सरोकार वालाहरु गम्भिर भएर अगाडि बड्नुपर्ने शाखा प्रमुख सुवेदीले बताउनु भयो ।

    परीक्षामा पालिकाभरिका १२ विद्यालय सहभागी थिए ।विद्यालयको नाम नै सार्वजनिक गरेर गाउँपालिकाले परीक्षा नतिजा प्रकाशित गरेको छ  ।
    १२ विद्यालयहरु मध्ये धर्मोदय मा.वि, जनता मा.वि, यज्ञश्वर आधारभुत विद्यालय र देउराली आधारभुत विद्यालय गरी ४ विद्यालयको नतिजा शुन्य रहेको छ ।

    केन्द्रीकृत रुपमा मर्यादित परीक्षाको थालनी गरेको र यी कमजोरीबाट शिक्षा लिँदै आगामी दिनमा कसरी अगाडि बड्ने भन्ने योजना बनाउने पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले बताउनु भयो ।

    ‘यो नतिजाले सामुदायिक विद्यालयको चित्र स्पष्ट बनाएको छ ।

    ‘विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी, तथा सम्पूर्ण शिक्षाप्रेमी नागरिक समाजले गम्भीर भएर सोच्न ढिला गर्न नहुने अवस्था पैयूँमा सिर्जना भएको छ  ।

    बुधवार, चैत्र २८ २०८००९:२३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend