नेकपा एमालेको दशौं जिल्ला अधिवेशनको अन्तिम संघारमा नयाँ ट्वीस आएको छ । वर्तमान पार्टी अध्यक्ष राजु पौडेल र सचिव गोविन्द पहाडी बिच अध्यक्षमा प्रतिस्पर्धा हुने भनिएता पनि बिहिबार साझँ नयाँ ट्वीस आएको हो ।
बिहिबार साझँसम्म पौडेलले अध्यक्षमा आफ्नो उम्मेदवारी दाबी रहेको र कुनै हालतमा अध्यक्ष नउठी नछोड्ने भन्दै आए पनि साझँ पख अध्यक्षमा अर्को उम्मेदवार अगाडी सारिएको हो ।
पौडेल पूर्व राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना समूहबाट अध्यक्षमा दाबी गर्दै आएका थिए ।
नेताहरुको ताति पौडेल तिर धेरै देखिए पनि प्रतिनिधिहरुको मनसाय गोविन्द पहाडीलाई नै अध्यक्ष बनाउने बुझे पछि तिमल्सिना समूहले वर्तमान उपाध्यक्ष पदम पाणी शर्मालाई अध्यक्षमा अगाडी सारेको छ ।
अध्यक्षमा शर्मा उठ्दा उपाध्यक्षमा मिन प्रसाद श्रेष्ठ,सचिवमा शिव पौडेल, उपसचिवमा जिवन उचाई ठकुरी उठ्ने भएका छन ।
यता कानुन मन्त्री पदम गिरीको समूहबाट अध्यक्षमा पहाडीसंगै उपाध्यक्षमा बिमल लामिछाने, सचिवमा सुवास पौडेल रहने छन भने उप सचिव भने टुंगो नलागेको स्रोतको भनाई छ ।
बिहिबार साझँ सम्म पहाडीको टिम बलियो देखिए पनि शर्मा उठ्ने भएपछि चुनावी प्रतिशपर्धा निकै कडा हुने देखिएको छ ।
यद्यपी गिरी समूहलाई एक्लै पारेर हराउने मनसाय राखेका तिमल्सिना समूहले राजु पौडेललाई पछि हटाएको प्रतिनिधिहरुको भनाई छ।