पर्वत । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित हुनुभएको छ । पहाडीले आफ्ना प्रतिस्पर्धी पदमपाणी शर्मालाई १ सय २१ मतको अन्तरमा जीत हासील गर्नु भएको हो । पहाडीले २ सय ४८ मत प्राप्त गर्नुभएको छ भने शर्माले १ सय २७ मत प्राप्त गर्नुभएको हो ।
त्यसैगरी उपाध्यक्षमा बिमल लामिछाने,सचिवमा सुवास चन्द्र पौडेल,उपसचिवमा चण्डि प्रसाद भुर्तेल र महिला उपसचिवमा बिन्दु अधिकारी निर्वाचित हुनुभएको छ । अधिकांश सदस्यहरु पहाडी समूहका निर्वाचित भएका छन ।
पहाडी मन्त्री पदम गिरी समूहबाट र शर्मा पूर्व राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना समूहबाट निर्वाचनमा होमिएका थिए ।