पर्वत । नेकपा माओवादी केन्द्र पर्वत जिल्ला संयोजकमा उमाकान्त भुर्तेल चयन हुनुभएको छ । पोखरामा बसेको माओवादी केन्द्रको गण्डकी प्रदेश स्तरीय बैठकले भुर्तेललाई जिल्ला संयोजकमा चयन गरेको हो ।
पार्टीले आफ्नो कामको मूल्याङ्कन गरी जिल्ला संयोजकको जिम्मेवारी दिएकोमा कुशलतापूर्वक जिम्मेवारी पूरा गर्ने संयोजक भुर्तेलले बताउनु भयो ।
संयोजक भुर्तेल लामो समय देखी राजनीतिसँगै समाजसेवा गर्दै आउनु भएको छ । माओवादी केन्द्रको अन्तराष्ट्रिय विभागको सदस्य, प्रदेश सचिवालय सदस्य, पर्वत जिल्ला सचिव हुदै भुर्तेलले संयोजकको जिम्मेवारी प्राप्त गर्नु भएको हो ।
भुर्तेलले जिल्ला संयोजकको जिम्मेवारी लिएपछि राजनीतिक गतिविधिमा सहज हुने अपेक्षा गरेको नेकपा माओवादी केन्द्र पर्वतले जनाएको छ।