पर्वतको विहादी गाउँपालिकाका जनप्रतिनिधि र सरकारी कर्मचाारीले आफ्ना छोरा छोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने भएको छ ।
विहादी गाउँपालिकाको शिक्षा समितिको बैठकले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचाारीका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको हो । यो नियम सबैले लागु गर्न आग्रह गरिएको विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङ जानकारी दिनु भयो ।
सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन यो नियम लागु गर्ने भएका हौ गुरुङले भन्नु भयो यो नियम सबैले मान्नु पर्ने छ ।
यही वैशाखमा भर्ना अभियान चलिरहेको बेला सामुदायिक विद्यालयमा विद्यार्थी पढाउन गाउँपालिकाले सूचना जारी गरेको छ ।
पछिल्लो समय सामुदायिक विद्यालय प्रति अभिभावकको विश्वास गुम्दै गएको बेला यो नियम लागु भएपछि सामुदायिक विद्यालयमा पढाउने अभिभावकहरुको समेत विश्वास बढ्ने देखिन्छ । यसका साथै गाउँपालिकाले शिक्षामा सुधार गर्न अब नियमित रुपमा विद्यालयको अनुगमन गर्ने भएको छ । अनुगमन कार्ययोजना नै बनाई शिक्षा समितिले काम गर्ने भएको हो ।