स्याङ्जा । स्याङ्जामा आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ । स्याङ्जाको विरुवा गाउँपालिका वडा नम्बर ७ कुमेरदुङ स्थित लागेको आगो निभाउने क्रममा जलेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जलेर वडा नम्बर ७ कुमेरदुङ निवासी ७४ वर्षीय रेउसरी गुरुङको मृत्यु भएको हो । बारीमा लगाएको आगो जंगलमा पुगे पछि निभाउने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सूचना अधिकारी एंव प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनु भयो ।
बारीमा कोदोको बिउ राख्नलाई गुरुङले पात पतिङ्गर जलाउने क्रममा आगो जंगलाम सल्केको थियो । सोही आगो निभाउने क्रममा जलेर गुरुङको घटना स्थलमै मृत्यु भएको हो ।