Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा आइटी शिक्षकलाई क्षमता विकास तालिम

पैयूँमा आइटी शिक्षकलाई क्षमता विकास तालिम

  • PNN Times
  • मंगलवार, जेठ १५ २०८१


  • पैयूँमा आइटी शिक्षकलाई क्षमता विकास तालिम

    जेठ १५, पर्वत ।  पर्वतको पैयूँ गाउँपालिकामा सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरिएको छ । गाउँपालिका भित्रका विद्यालयहरुका आइटी शिक्षकहरूलाई सूचना प्रविधि सम्बन्धी पाँच दिवसीय क्षमता विकास तालिम सुरु गरिएको हो । पैयूँ गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तालिम संचालन भएको हो । 

    पाँच दिवसीय क्षमता विकास तालिमको पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले उद्घाटन गर्नु भएको छ ।  तालिमको उद्घाटन गर्दै अध्यक्ष मल्लले पालिकाको पहिलो प्राथमिकता शिक्षा रहेको र शिक्षा को सुधारका लागि पालिकाको तर्फ बाट कुनै सम्झौता नहुने र शिक्षकहरु पनि सोहि बमोजिम पेशाप्रति प्रतिबद्ध भइ अगाडि बढ्न निर्देशन दिनुभएका ।

    images

    सोही अवसरमा गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले तालिमले शिक्षण सिकाइमा राम्रो सहयोग  पुर्याउने विश्वास व्यक्त गर्नु भयो । 
    तालिममा पालिका भित्र रहेका २७ वटा विद्यालयका आइटी स्रोत शिक्षकहरूको सहभागिता रहेको रहने छ ।

    तालिमको उद्घाटन सत्र कार्यक्रमको संचालन पैयूँ गाउँपालिका शिक्षा शाखा प्रमुख गोबिन्दराज सुवेदीले गर्नु भएको थियो । तालिम जेठ १५ गते देखी १९ गते सम्म संचालन हुने छ । 

    2dfc9eef-7b9f-44da-9193-3d8be91fb1b0.jpg

    मंगलवार, जेठ १५ २०८११०:०३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend