Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बजेटको समर्थनमा बोले कांग्रेस उपसभापति गुरुङ

बजेटको समर्थनमा बोले कांग्रेस उपसभापति गुरुङ

  • PNN Times
  • सोमवार, जेठ २१ २०८१


  • जेठ२१ , काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सरकारको आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट सकारात्मक भएको टिप्पणी गरेका छन् ।

    बजेटले राखेको १२ खर्ब ६० अर्ब राजश्व उठाउने लक्ष्य सहजै भेटाउन सकिने भन्दै उनले औषधि प्रयोजनका लागि गाजा खुला, घरेलु मदिरा बिक्री गर्ने कानुनी व्यवस्था, जडिबुटी खेती र गैरकानुनी कारोबार नियन्त्रण गर्ने हो भने १९ खर्ब राजस्व उठाउन सकिने हिसाब सुनाए ।

    images

    आइतबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सामान्य छलफलमा बोल्दै बजेटले केही नयाँ कार्यक्रम र आइडिया ल्याएको बताए । १४ मिनेट समय पाएका सांसद गुरुङले बजेटका कार्यक्रमहरुको आलोचना गरेनन् । केबल राजस्व बढाउनतिर नलागेर ऋण लिनु बेठीक भएको बताए ।

    ‘ऋण लिएर घिउ खाने बानी अन्त्य गर्नुपर्छ, ऋण लिएर भैंसी किन्नुपर्छ’, उनले भने । भैंसी किनेपछि दूध, दही मही सबै खान पाइने भन्दै कांग्रेस उपसभापति गुरुङले राजस्व वृद्धिमै जोड दिनुपर्ने धारणा राखे ।

    दुई ठाउँमा पूर्वअर्थमन्त्री प्रकाशशरण महतको आलोचना गरेका गुरुङले आफूले भनेको सुन्ने व्यक्तिलाई पार्टीले अर्थमन्त्री बनाउन नसकेको टिप्पणी गरे ।

    कांग्रेस–माओवादी गठबन्धन सरकार रहँदा गुरुङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री थिए । सरकारमा रहँदा र बाहिर रहँदा फरक कुरा गर्न नहुने भन्दै उनले नकारात्मक ढंगले कसैले कुरा राख्न नहुने बताए ।

    नेता गुरुङले राजस्व धेरै उठाउन सकिँदैन त्यसैले कम आकारको बजेट बनाउनुपर्छ भन्ने मानसिकता त्याग्नुपर्ने बताए । राजस्व वृद्धिका चार क्षेत्र उनले यसरी सुनाए :

    सोमवार, जेठ २१ २०८१०३:११:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend