Logo

शनिवार, कार्तिक १ गते २०८३

images

फेवातालमा माछा मार्ने क्रममा एक जनाको मृत्यु

फेवातालमा माछा मार्ने क्रममा एक जनाको मृत्यु

  • PNN Times
  • बिहिवार, आषाढ १४ २०८१


  • असार, पोखरा । पोखराको फेवातालमा डुबेर बुधबार एक जनाको मृत्यु भएको छ ।

    दिउँसो पौने ५ बजे पोखरा महानगरपालिका-१८ खपौंदीमा फेवातालमा माछा मार्ने क्रममा बागलुङ घर भएका ३३ वर्षका सुकबहादुर मगरको मृत्यु भएको हो ।

    images

    उनी फेवातालमा डुबेको खबर पाउनासाथ वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बलको टोली उद्धारका लागि पुगेको थियो ।

    ५ बजेर २१ मिनेटमा उनलाई उद्धार गरेर पश्चिम क्षेत्रीय अस्पताल पठाएको र उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । 

    बिहिवार, आषाढ १४ २०८११०:५२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend