कात्तिक १८, गण्डकी । स्याङ्जाका स्थानिय तहले सिद्धार्थ राजमार्गका खाल्डा पुर्ने काम प्रोपोगाण्डा मात्र रहेको सडक डिभीजन कार्यालय पोखराले बताएको छ । सडक डिभिजन कार्यालय पोखराले वेवास्ताका गरेको भन्दै जीर्ण बनेको सिद्धार्थ राजमार्गका खाल्डा–खुल्डी माटोले पुर्न स्याङ्जाका स्थानीय तहले प्रमुख जिल्ला अधिकारीको निर्देशनमा बुधबार अभियान नै चलाएका थिए ।
सडक डिभिजन कार्यालयले काम नगरे पछि बाध्य भएर खाल्डा पुर्न सडकमा आएको स्थानीय तहले गुनासो गरेका छन भनेर सडक डिभीजन कार्यालयलाई प्रश्न गर्दा आफुहरुले नियमित मर्मत कार्य गरिरहेको तर स्याङ्जाका स्थानिय तहले हल्ला गर्न र प्रोपोगाण्डा मच्चाउन यो काम गरेको सडक डिभिजन कार्यालय पोखराका सुचना अधिकारी किरण सुवेदी बताउछन ।
राजमार्ग स्तरोन्नती गर्न भनी छुट्टै बजेट पर्ने कुरा भईरहेको छ त्यसकारण अहिले मर्मतको लागि बाहेक अरु बजेट छैन सुवेदी भन्छन यो प्रोपोगाण्डा मात्र हो उहाँहरुले एक दिन खाल्डा पुरेर समाधान हुदैन । सुवेदीले राजमार्ग मर्मतमा बुधबार आफ्ना कर्मचारी र टिपरहरु समेत पठाएको बताए । ‘हामीले हाम्रा कर्मचारी सहित टिपरहरु पनि पठाएका थियौ उहाँहरुले एक दिन हामी पनि सहयोग गर्छौ भनेर आउनु भएको हो ।

कालोपत्रे सडकमा परेका खाल्डाहरुको दीर्घकालीन समाधान गर्न कालोपत्रे नै गर्नुपथ्र्यो, तर चाडपर्वको बेला माटोले खाल्डा पुरेर भएपनि नागरिकलाई सहज गराउन यो अभियान चलाएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बतएका थिए । तर राजमार्गमा माटोले खाल्डा खुल्डी पुर्न नमिल्ने सुचना अधिकारी सुवेदी बताउछन ।
एक दुई दिनको लागि माटोले पुरे पनि केही दिन पछि पुन उस्तै हुने सुवेदीको भनाईछ ।
पर्यटकीय क्षेत्रहरु लुम्बिनी र पोखरालाई जोड्ने सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डमा अत्याधिक खाल्डा खुल्डी देख्न सकिन्छ ।